logo
  • शनिबार, भाद्र २० २०८३

कटुवाल बन्धु सेवा समाज द्धारा शुभकामना आदानप्रदान सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली,दोहा
नव बर्ष २०७४ को आगमन संगै प्रवासी कटुवाल बन्धु सेवा समाज कतारले आफ्नो प्रथम बार्षिकोत्सब तथा नयाा बर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।सस्थाका अध्यक्ष गोपाल कटुवाल को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन आइसीसी सदस्य हंशराज ढकालको प्रमुख आथित्यता रहेको थियो।दोहा भरि छरिएर रहेका कटुवाल बन्धुहरुलाई एउटा पारिबारिक जमघट गर्ने हेतुले खोलिएको उक्त सस्थामा लगभग एक सय को हाराहारीमा उपस्थिति रहेका सस्थाका अध्यक्षले जानकारी दिएका थिए।सस्थाका उपाध्यक्ष सिताराम कटुवालले स्वागत मन्तब्य राख्दै शुरु गरिएको कार्यक्रममा सस्थाको लोगो अंकित केक काटियको थियो।उक्त कार्यक्रमका प्रमुख अतिथि ढकालले सस्थालाई बिधि र पद्धती बाट अगाडी लगियो भने सफल हुने कुरामा जोड दिए। त्यस्तै सस्थाका सल्लाहकार संयोजक तेज कटुवालले आपसी भाइचाराको सम्बन्धमा अझ बढी प्रगाड़ता आओस भनि कार्यक्रमको आयोजना गरेको बताउदै शुभकामना दिएका थिए ।बिबिध सांगीतिक कार्यक्रमहरुका माझ भएको कार्यक्रम सामुन्ऽिक किनारबाट डुंगामाथि भएको थियो ।उक्त कार्यक्रम सस्थाका महासचिब भक्त कटुवाल संचालन गरेका थिए।कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष गोपाल कटुवालले सस्था खोल्नुको मुख्य उदेश्य भनेको समाजमा हुने सम्पूर्ण गतिविधिमा कटुवाल हरुको पनि सहभागिता रहोस र यौटा असल समाज निर्माणका लागी घर भित्रबाट नै शुरु गर्नुपर्ने बताउदै समाज सब्य भयो भने मात्र रास्ट्रमा साथ् र सहयोग गर्न सक्ने कुरामा जोड दिदै प्रवासमा बचेको समयलाई सहि सदुपयोग गर्न समेत सुझाव दिदै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend