logo
  • शनिबार, असोज १० २०८३

स्वतन्त्र पत्रकार संघ रुपन्देही द्धारा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बुटवल,बैशाख ९।
स्वतन्त्र पत्रकार संघ रुपन्देही द्धारा नवनिर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न । स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले नव निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई आज एक कार्यक्रमको बिच स्वागत तथा अभिनन्दन गरेको छ। नव निर्वाचित केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला , उपमहासचिब राजेन्द्र जङ्ग रायमाझी, कोषाध्यक्ष बिरेन्द्र पाण्डेलाई जिल्ला अध्यक्ष बाबुराम गैरेले टिका र खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अथिति अध्यक्ष बास्तोलाले बैशाख ३१ मा हुन्  गईरहेको स्थानिय सरकार को निर्वाचनमा स्वतन्त्र पत्रकारहरुले तठस्त रुपमा कलम चलाउनु पर्ने कुरामा जोड दिएका थिए ।

साथै उनले स्वतन्त्र पत्रकार संघ नेपालले आगामी दिनमा अझ ससक्त रुपमा सम्पूर्ण प्रत्रकारहरुको भलाईको लागी थप योजना ल्याउने समेत औल्याएका थिए । त्यसै गरी उपमहासचिब राजेन्द्र जङ्ग रायमाझीले स्वतन्त्र पत्रकार संघ नेपालको छिटै ७५ वटै जिल्ला र प्रवासमा समेत शाखा गठन गर्ने बताए । त्यसै गरी स्वतन्त्र पत्रकार संघको बेब साईट बनाउने तयारी भएको समेत बताए।

त्यसै गरी कोषाध्यक्ष बिरेन्द्र पाण्डेले रुपन्देही लगायत सम्पूर्ण शाखामा पत्रकारहरुका लागी तालिम तथा पत्रकारीता पुरस्कारको योजना छिटै ल्याउने समेत उल्लेख गरे ।कार्यक्रममा स्वतन्त्र पत्रकार संघका जिल्ला सदस्य चक्रपाणी डुम्रे रुपन्देही ज्योतिष संघको अधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा संघले अविर खादाले अभिनन्दन गरेको थियो ।

संघका जिल्ला अध्यक्ष बाबुराम गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष अनिल पहाडीले स्वागत मन्तब्य राखेका थिए भने सचिब अशोक गौतम ले कार्यक्रम सञ्चालन गरेका थिए। तिनाउ एफ एम को सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला कोषाध्यक्ष दिनेश श्रेष्ठ,जिल्ला सदस्य चक्रपाडी डुम्रे,सदस्य महेश बोहरा,सदस्य शुस्मा सापकोटा लागायतले शुभकामना मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend