logo
  • शनिबार, असोज १० २०८३

ऋषिकेश मन्दिरमा बजा बजाएको तलव वर्षको जम्मा १५ सय


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,बैशाख ७।
देशकै चारधाम मध्येको एकधाम मानिने रुरुधाम क्षेत्रको प्रशिद्ध ऋषिकेश मन्दिरमा चरम जातिय विभेद र श्रम शोषण हुादै आएको छ। त्यस मन्दिर परिसरमा रहेका कुनै पनि मन्दिर भित्र दलित समुदायलाई प्रवेश गर्न दिनु त परै जाओस् पुजा व्यवस्थापन समितिमा समेत दलितलाई नराख्ने गरिएको छ।त्यस मन्दिरमा गत दुई पुस्ता देखि दैनिक विहान वेलुका वाजा वजाउादै अएका एक परियार परिवारलाई अहिले वर्षभरीको जम्मा १५ सय तलव दिएर श्रम शोषण गरिएको छ।पाल्पा अर्गेलीका रामबहादुर परियारले अहिले ६१ को उमेर सम्म जम्मा वािर्षक १५ तलवमा विहान वेलुकी वाजा वजाउादै आएका छन्। उनले भने–‘पहिला वर्षको साढे तिन सयमा विहान वेलुका वाजा वजाउादै आएको थिएा , पछि १५ सय बनाईयो, धेरै वर्ष देखि समिति संग तलव बढाई दिन भन्दै आएको छु तर कसैले मेरा कुरा सुनेन ।

’उनले आफ्ना पिताले पनि ६५ वर्षको उमेर सम्म विहान वेलुका वाजा वजाएर मृत्यु भएको बताए। पााच जनाको परिवार रहेको बताउादै परियारले जिविका चलाउन मुस्कील परेको गुनासो गरे ।विहान ५ वजे देखि ६ वजे सम्म र सााझ पनि एक घण्टा वाज वजाउने परियारको तलव बढाउने पर्नेमा स्थानिय दलित अगुवाहरुले आवाज उठाए पनि राजनैतिक दलको प्रतिनिधीत्व त्यस मन्दिरको पुजा व्यवस्थापन समितिमा नभएकोले परियारको माग सुनुवाई हुन सकेको छैन्।

आज भन्दा ५ सय वर्ष पुरानो त्यस ऋषिकेश मन्दिरमा अर्घेलीका भट्टराई वंशले पुजा चलाउादै आएका छन्। गुठी जमिन समेत प्रशस्तै पाएका र वर्षेनी लाखौ रकम दान दक्षिणबाट संकलन हुने भए पनि त्यो वंश भन्दा बाहिराका व्यक्ति पुजा व्यवस्थापन समितिमा नहुने भएकोले अरुलाई जानकारी नहुने स्थानिय राजनैतिक दलका नेताहरु बताउा छन् ।

त्यस ऋषिकेश मन्दिर संगै रहेको गायत्री पुजा व्यवस्थापन समितिका अध्यक्ष पर्श‘ुराम भट्टराईले मानविय सेवामा पनि भलो नै गरिएको एक कार्यक्रममा दावि गरे । उनको रोहवरमा गुल्मी चोायगाका कृष्णबहादुर टण्डनले त्यहााका बृद्ध बृद्ध र पुजा चलाउने पुजारी लगायतलाई सहयोग सामग्री हस्तान्तरण गर्ने क्रममा अरु सवैलाई गायत्री मण्डप भित्र बोलाएर हस्तान्तरण गरिएको थियो ।

तर ति वाजा बजाउने रामबहादुर परियार र उनको बृद्ध सासुलाई वाहिरै राखेर सहयोग सामग्री हस्तान्तरण गरिएको थियो। त्यो विभेद प्रति अध्यक्ष भट्टराई मौन रहे। परियारले कुनै पनि मन्दिर भित्र आफु लगायतका दलितहरुलाई प्रवेश गर्न नदिईने गुनासो गरे ।

जिल्लाका अन्य ऐतिहाासिक कोट मन्दिरहरुमा पुजा समितिमा दलित लगायतका सवै जात जाती राख्ने क्रम केहि वर्ष यता देखि भई रहे पनि त्यस ऋषिकेश मन्दिरमा एउटै वंश मात्रै रहेको प्रति गुल्मी जिल्लाका राजनैतिक दलहरुले समेत पारदर्शीताका विषयमा प्रश्न चिन्ह खडा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend