साझा नेटवर्क
प्रेम सुनार गुल्मी, बैशाख ६।
एभिन्युज टेलिभिजनको खवर खवर भित्रको खवर कार्यक्रमका सञ्चालकलाई गुल्मीको एक विद्यालयले सम्मान गरेको छ। सदरमुकाम तम्घासमा रहेको आदर्श विद्या आश्रमले खवर भित्रको खवर कार्यक्रमका सञ्चालक मदन खातीलाई पुर्व विद्यार्थीको हैसियतले त्यस विद्यालयको १६ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
खाती आदर्श विद्या आश्रममा एसएलसी सम्मको अध्यान गर्दा सम्म र त्यहााबाट उच्च शिक्षा हाासिल गर्ने क्रममा त्यस विद्यालय र सिङ्गो गुल्मी जिल्लाकै शिर उचो पार्ने गरी देशका विभिन्न प्रतियोगितामा समेत उत्कृष्ट भएका थिए ।प्रेम वानियााले चलाउने देशकै चर्चित कार्यक्रमलाई वाानिय अमेरिका हिडे पछि गुल्मीका युवा विद्यार्थी खाती सञ्चालन गर्ने जिम्मेवारी त्यस टेलिभिजनबाट पाएका थिए । बार्षिकोत्सवको अवसरमा त्यस विद्यालयले अन्य विद्यार्थी, अभिभावक,शेयर सदस्यहरुलाई पनि सम्मानित गरेको थियो ।
जन्मोत्सवमा खर्चिने रकम गरिव विद्यार्थीलाई
संस्थागत विद्यालयहरु धनी पुाजीपतिहरुका लागि मात्रै हुन्छन भन्ने आरोपलाई गलत शिद्ध गर्दै आदर्श विद्या आश्रम तम्घास गुल्मीका शिक्षक र विद्यार्थीहरुले आ–आफ्नो जन्मोत्सवमा खर्च हुने रकम कटौती गरेर आफ्नो विद्यालयका दलित गरिव विद्यार्थीकको शैक्षिक विकासमा सहयोग गर्ने गरेका छन् ।सोही अनुरुप १६ औ वार्षिकोत्सवको अवसरमा विद्यालयले छनौट गरेको अति विपन्न विद्यार्थीहरुलाई नगद सहयोग रकम प्रदान गरेको थियो ।
त्यस्तै विद्यालयका संस्थापक शेयर सदस्य स्वर्गिय कृष्णप्रसाद भण्डारीको स्मृतिमा स्थापना गरिएको अक्षय कोषबाट आदर्श विद्या आश्रमका उत्कृष्ट विद्यार्थी दिक्षान्त विद्याथी र सन्ध्या गुरुङ्गलाई पनि नगद पुरस्कारले सम्मान गरिएको थियो।त्यस्तै यस शैक्षिक सत्रको कक्षा ८ को जिल्ला स्तरिय परिक्ष र गत वर्षको एसएलसी परिक्षमा उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने विद्यार्थीहरु,उत्कृष्ट शिक्षक,शिक्षिका र कर्माचारीहरुलाई पनि सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो ।
त्यस क्रममा विज्ञान प्रयोगशाला,पुस्तकालय,बैठक हलको प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल रहेका थिए। उनले आदर्श विद्या आश्रमको शैक्षिक गतिविधी प्रति सन्तोष व्यक्त गर्दै अव परम्परागत शिक्षाले विद्यार्थीहरुको भविस्य उज्वल नहुने धारणा राखेका थिए । वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विज्ञान प्रयोगशालामा निर्मार्ण गरेका सामग्रीहरु र कला संस्कृति समेत प्रस्तुत गरेका थिए । यस वर्ष त्यस विद्यालयले विगतको भन्दा बेग्लै र अभिभावक एवं अतिथीहरुको वाग्लो सहभागिताका साथ वार्षिकोत्स मनाएको छ।
कार्यक्रममा विशेष अतिथी रेसुङ्गा बहुमुखी क्याम्पसका पुव क्याम्पस प्रमुख शशी पन्थी , विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी र सरोकारवालाहरुले शुभकामना मन्तव्य राखेका थिए ।वार्षिकोत्सव समारोहमा त्यस विद्यालयका प्रिन्सिपल भगतसिंह खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस विद्यालय सञ्चालक समिति अध्यक्ष हरिबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्ध निर्देशक राजु कुावरको स्वागत मन्तव्य र विद्याथीहरु अस्मीता मरासीनी र सावित्रा कुावरको सञ्चालन रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend