साझा नेटवर्क
काठमान्डौ बैशाख ५।
नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल शाखाको नयाँ समन्वय समिती गठन भएको छ। उक्त गठन कार्यक्रममा डकम सिटौलाको संयोजकत्वमा ९ जना समन्वय समिती निर्विरोध चयन भएका छन् ।
मनोरञ्जन, परोपकार र लगानी क्षेत्र पहीचान,नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान” भन्ने मुल नारा लिई बिगत ४ बर्ष देखी सामाजिक क्षेत्रमा क्रियासिल संस्था नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको यही नेपाली नयाँ बर्ष २०७४ बैशाख २ गतेको दिन उक्त आयोजित भेलामा पुन-एक बर्षको लागी संस्थाकी केन्द्रीय सदस्य डकम सिटौलाको संयोजकत्वमा ९ सदस्यलाइ चयन गरेर नमस्ते नेपाल इजरायल शाखा समन्वय समिती गठन भएको हो ।उक्त भेलामा गैर आवसिय नेपाली समन्वय परीषद इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले प्रमुख आतिथ्यको ग्रहण गरेका थिए ।
सोही भेलामा बिशेष आतिथ्यमा संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियाँ लगायत अन्य अतिथीहरु संस्थाका सल्लाहकार द्धय नवराज खड्का, बिशाल ज्ञावाली, प्रवाशी नेपाली मंच इजायलका अध्यक्ष तिर्थ गौतम, नयाँ शक्ती पार्टी नेपाल प्रवास संगठनका बरिष्ठ उपाध्यक्ष कुमार पौडेल, झापाली समाज इजरायलका संरक्षक जय ओडारी र सोही संस्थाका अध्यक्ष गणेश गौतम लगायत हाँस्य कलाकार मनोज गजुरेल, लोकदोहोरी गायक प्रकाश कटुवाल, गायिका रजिना रिमाल र पप आयक मविन्द्र राई रहेका थिए भने त्यस्तै अतिथीमा राष्ट्रीय मानव अधिकार कर्मी मान बहादुर थापा र बिभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु र पत्रकारहरु लगायत नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका आजिवन सदस्यहरुको बाक्लो उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सोही कार्यक्रमलाई तिन चरणमा बिभाजन गरिएको थियो । पहीलो चरणमा कार्यक्रम उद्घाटन तथा शुभकामना र शाखा समिती बिघटन लगायत कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथी दिपक प्रसाद ओलीले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुका साथै आँफ्नो ब्यक्तीगत तर्फबाट र एनआरएन इजरायलको तर्फबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने र आँफु नमस्ते नेपालको अजिवन सदस्य भएको नाताले सदैव संस्थाको राम्रो कामको प्रसंसा गर्ने बताउनुका साथै परोपकार काममा क्रियासिल भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले ल्याएको लगानिको क्षेत्रमा आँफु तयार रहेको बताएका छन् ।
त्यस्तै कलाकारको तर्फबाट शुभकामना मन्तब्य राख्दै कमेडी किंग हाँस्य कलाकार मनोज गजुरेलले पनी आँफु नमस्ते नेपालको हरेक पक्षबाट अत्यन्त प्रभावित रहेको र यस संस्थालाई आवस्यक परेको ठाउँमा सक्दो सहयोग गर्ने कार्यक्रममा बताएका छन् । पहीलो चरणको कार्यक्रम इजरायल शाखाका निवर्तमान अध्यक्ष एंव बैकल्पिक केन्द्रीय सदस्य गणेश गिरीको सभापतीत्व रहेको थियो भने शाखा कि सचिव तथा केन्द्रीय सदस्य माया खनाल र शाखाका सह-सचिव सुर्य रानाले उक्त कार्यक्रम संचालन गरेका थिए । सोही कार्यक्रममा उपस्थित सबैलाई संस्थाकी केन्द्रीय सदस्य इन्दिरा के सी ले स्वागत गरेकी थिइन् ।
उक्त कार्यक्रमका सभापती गणेश गिरीले बिधिवत शाखा बिघटन गर्दै बिगतमा केही कमि कमजोरी रहेता पनि इजरायलमा संस्थाले राम्रो काम गरीरहेको र संस्थामा आई पर्ने हरेक चुनौतिको सामाना गर्न आँफु लागी पर्ने प्रतिबद्धता जाहेर गर्दै नयाँ समिती निर्वाचनको लागी तिन सदस्य निर्वाचन समिती घोषाणा गरेका थिए । निर्वाचन समितीले उपस्थित आजिवन सदस्यहरुको छलफलबाट ९ जना सदस्य इजरायल शाखा समन्वय समिती निर्विरोध चयन भएको घोषणा गर्दै निर्वाचन समितीको तर्फबाट अतिथी एंव संस्थाका सल्लाहकार नवराज खड्काले चयन भएका समन्वय समितीको नामावली घोषणा गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
चयन भएका ९ जना सदस्यको नामावली यसप्रकार छ
संयोजक डकम सिटौला, सचिव शकुन्तला (सानु) खतिवडा, कोषाध्यक्ष कृष्ण माया सापकोटा लगायत अन्य सदस्यहरु चिनु सुवेदी, रमेश रिजाल, निरु महर्जन, सावित्रा खड्का, मिरा थापा र निर्मला राय चयन भएका छन्।त्यस्तै कार्यक्रमको दोश्रो चरणमा संस्थाको महत्वपुर्ण उदेश्य लगानि क्षेत्र पहीचान माथि बृहत अन्तरकृयां राखिएको थियो। आँफै मालिक आँफै कामदार ज्यला र मुनाफाको हकदार भन्ने उद्घोषलाई कसरी ब्यवहारमा लागु गर्न सकिन्छ भन्ने बिषयमा सबैले आफ्नो अभिमत राख्ने क्रममा संस्थाका सल्लाकार बिशाल ज्ञवालीले सुरक्षीत लगानि कसरी गर्न सकिन्छ भन्ने बिषयमा र अर्का सल्लाकार नवराज खड्काले सामुहीक लगानिलाई कसरी प्रर्बधन गरी नेपालमा संकलित पुंजीलाई आर्थिक उन्नतीमा लाग्न सकिन्छ भन्ने बिषयमा आफ्नो बिचार राखेका थिए ।
संस्थाका आजिवन सदस्य एंव जन सम्पर्क मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले पनी सामुहीक लगानिबाट नै देश र आफ्नो आर्थिक उन्नती र बिकाश हुने कुरामा जोड दिँदै सबैले अहिले पुंजी सुरक्षीत हुने तर्फ लगानी अभिबृद्धी हुनु पर्ने कुरा बताएक थिए । कार्यक्रममा मानवअधिकार कर्मी मान बाहादुर थापाले नमस्ते नेपालको यो अभियान अत्यन्त राम्रो भएकोले यसको लागी आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताएका छन् ।
कार्यक्रमलाई संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियाँले बिगत ४ बर्ष देखी संस्थाले ल्याएको तिनवटै एेजेन्डा अत्यन्त महत्वपुर्ण रहेको र यो क्रमिक रुपमा सफल हुँदै गईरहेको प्रती खुशी ब्यक्त गर्दै अब नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले सबै आजिवन सदस्यहरुलाई एउटै मालामा गाँसी राष्ट्र निर्माण र आफ्नो आर्थिक उन्नती र प्रगतीको लागी सामुहिक लगानिमा अग्रसर हुन सबैमा अपिल गर्दै बैदेशिक भुमीलाई मात्र रोज्न नहुने बताएका छन् ।
उठेका बिषय बस्तु माथी प्रस्ट पार्दै नमस्ते नेपाल मल्टीप्रपोज इन्भेष्टमेन्ट कम्पनि स्थापना भई सकेको र अब छिट्टै कम्पनिले कानुनि प्रमाण-पत्र पाउने जानकारी दिँदै २५ जनाको कम्पनि संस्थापक र ११ जना संचालक बोर्ड रहने गरी संचालक बोर्डको प्रमुख एंव बोर्ड अफ डाइरेक्टरमा बिशाल ज्ञावाली र सदस्य सचिव एंव म्यानेजिंग डाईरेक्टरमा हिक्मत बहादुर बस्नेत चयन भएकोमा बधाई ज्ञापन गर्दै कम्पनी कुशलता पुर्वक अगाडी बढ्ने कुरामा विश्वास ब्यक्त गरेका थिए ।
त्यस्तै सोही नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले राखेको बृहत बनभोज कार्यक्रममा सबैले सामुहीक रुपमा बिभिन्न परीकारका खाना खाँदै आत्मियता र आगामी दिनमा अझै राम्रो कार्यको थालनी सहीत एक आपसमा नेपाली नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान गरी तेस्रो चरणको कार्यक्रम समापन भएको थियो ।
सोही नयाँ बर्ष २०७४ बैशाख १ गते गैर आवसिय नेपाली समन्वय परीषद इजरायलको मुल आयोजना र नमस्ते नेपाल हातेमालो सामाजिक संस्था लगायत १४ वटा संघ संस्थाले गरेको संयुक्त सांस्कृतिक साँझ कार्यक्रम भब्य र सभ्यताको साथ सम्पन्न भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend