logo
  • शुक्रबार, असोज ९ २०८३

एमालेले द्धारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं बैशाख ५।
संविधान विरोधी काम गरेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागे गरेको  बताए ।मधेसी मोर्चा नआए निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिने प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा बसिरहने अधिकार नभएको एमाले कार्यबहाक अध्यक्ष बामदेव गौतमले बताए ।निर्वाचन गराउने दायित्व बोकेकाहरुले निर्वाचन नहुने सन्देश दिएर संविधान विरोधी काम गरेको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका छन् ।आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौंमा आयोजित पार्टीको केन्दि्रय सम्पर्क भेलालाई सम्बोधन गर्दै कार्यबहाक अध्यक्ष गौतमले निर्वाचन एकै चरणमा सम्पन्न हुनेमा शंका नगर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालल बैशाख ३१ को निर्वाचन कुनै हालतमा नरोकिने दाबी गरेको  बताए  । निर्वाचन हुने र मुलुकमा एमालेलाई विजयी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने उनको बताए ।नेता माधवकुमार नेपालले निर्वाचन हुन नदिन भइरहेको षडयन्त्रलाई परास्त गर्दै मुलुकमा निर्वाचन सम्पन्न गराइने बताए ।

उनले निर्वाचन अभियानमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको  बताए ।महासचिव ईश्वर पोखरेलले अनुचित माग राखेर मधेसी मोर्चाले देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा नयाँ शक्ति पार्टी छाडेका निर्मल भट्टराईसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमालेबाट माओवादी केन्द्र हुँदै नयाँ शक्ति पार्टी पुगेका भट्टराई पार्टीले कारबाही गरेपछि एमाले नै फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend