logo
  • शुक्रबार, असोज ९ २०८३

प्रहरी द्धारा हस्तक्षेप चुनाव विरोधी सभामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं बैशाख ५।
स्थानीय चुनाव बहिस्कारको नारा लिएको विप्लवको पार्टीले बुटवल, कञ्चनपुर लगायतका स्थानमा सभा गर्न खोजेको थियो । तर, प्रहरीले हस्तक्षेप गरेको छ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको  बताए ।एकीकृत जनजागरण तथा प्रतिरोध अभियान भन्दै विप्लवको पार्टीले बुटबलको ट्राफिक चोकमा सभा गर्न खोजेको थियो । सभा सुरु हुनासाथ प्रहरीले हस्तक्षेप गरेको छ । चुनाव विरोधी गतिविधि गरेकाले कार्यक्रम रोकेको  प्रहरीले बताए  ।लुम्बिनी ब्युरोले बुटवलमा अायाेजना गरेको कार्यक्रममा  पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर,पोलिटब्यूरो सदस्य ओम पुन र चन्द्र बहादुर चन्द बिरजंग लगायतकाे उपस्थति थियाे । सभाअघि नगरपरिक्रमा क्रममा  ‘नेपाल सरकार मुर्दाबाद’, लगायतका नारा  लगाइएकाे थियाे ।

नेपाल कम्युनिष्ट पार्टीले सभा गर्ने भनेपछि बिहानैदेखि प्रहरीले सुरक्षा सर्तकता अपनाएको थियो ।  सभामा स्थानीय तहको निर्वाचनको बिरोध समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend