logo
  • शनिबार, असोज १० २०८३

पारस्परिक जवाफ देहिता परियोजनाले सदरमुकाम तम्घासमा परिचयात्मक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी बैशाख ५।
पारस्परिक जवाफ देहिता परियोजनाले सदरमुकाम तम्घासमा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । एकिकृत ग्रामिण विकास समाज गुल्मी द्धारा संचालित परियोजनाले जिल्लामा संचालन गर्ने गतिविधीहरुको बारेमा सरोकारवालालाई जानकारी गराएको छ। परियोजनाको सार्वजनिक सेवा प्रबाहमा थप प्रभावकारिताका लागि स्थानिय समुदाय,जिल्ला र राष्ट्रिय स्तरमा समन्वय बिस्तार गर्ने उदेश्य रहेको छ।संजाल निर्माण तथा नियमित बैठक र छलफल,स्थानीय स्तरमा साझा सभा निर्माण र सहजिकरण,सेवाग्राहिका गुनासा। सेवा प्रवाहको अवस्थाको बारेमा समिक्षा गर्ने तथा सुधारका लागि गर्न सकिने प्रयासहरुको पहिचान गर्ने कार्यक्रम अडागी सारेको परियोजना संयोजक हिरा कुवंरले बताउनुभयो ।परियोजनाले सामाजिक जवाफदेहिता संयन्त्रमा नागरिकको सहभागिता अभिवृद्धि गर्ने,संचार र सुचनामा नागरिक सहभागितामा अभिवृद्धि गर्ने र संस्थागत सुशासन र क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु पनि सम्पन्न हुने कुवंरले बताउनुभयो । कार्यक्रममा सुझाव राख्दै जिल्ला कृषी विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत चक्रपाणी पन्थीले युवा र जनसमुदायलाई कसरी गाउा मै टिकाई राख्ने भन्ने बिषयमा परियोजनाहरुले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । लक्षित समुदायको इच्छा र चाहाना पहिचान गरेर मात्र परियोजनाहरुले आफ्ना गतिविधी संचालन गर्न सके समुदायलाई शसक्त बनाउन सकिने बताउनुभयो। साथै जहिले पनि सरकारी निकाय मात्रै जवाफदेहिता र पादर्शिताको तगारो बन्ने भएकाले नागरिकहरुलाई पनि आफ्नो कर्तव्यबोध गराउन जरुरी रहेको पन्थीले औल्याए ।

त्यस्तै जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले अझै पनि जिल्लाका अड्डा केन्द्रित कार्यक्रम आउने भएकाले अव परियोजनाहरुले आफ्नो योजना बदल्नुपर्नेमा जोड दिनुभयो ।२०१६ मा डिजाइन भएका कार्यक्रम अहिले लागु भएको बताउादै गौतमले सवै जिल्लाको जिम्मेवारी गाउा केन्द्रित भएकाले मोडल परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

एकिकृत ग्रामिण विकास समाजका तर्फबाट गणेश श्रीपाली र परियोजना संयोजक हिरा कुवंरले गतिविधीहरुका बारेमा उठेका जिज्ञासाको समाधान गर्नुभएको थियो । कार्यक्रमको संचालन स्थानीय निकायको कानुनी र नितिगत व्यावस्था पालना अनुगमन कार्यक्रमको संयोजक भगवती श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लाका प्रमुख राजनैतिक दल,जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषी विकास कार्यालय,जिल्ला पशुसेवा कार्यालय, पत्रकार तथा अन्य संस्थाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend