logo
  • शनिबार, असोज १० २०८३

तम्घासको बसपार्कको एक घरमा आगो लागी हुदा लाखौको क्षति


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी,बैशाख ४।
सदरमुकाम तम्घासको बसपार्क नजिकै एक कच्ची घरमा आगोलागी भएको छ। आइतबार सााझ साढे सात बजे रेसुगां नगरपालिका ८ का घमानसिह सुनारी मगरको घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।एक्कासी बिद्युतको तार सट भएर लागेको आगोले मगरको घरमा रहेका सवै अन्नपात, लत्ता कपडा, इन्भटर र काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।आगोले अनुमानित तीन लाख ५० हजार बरावरको क्षति पुर्‍याएको नेपालले बताए । आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा आएको हो । आगोलागि भएको नजिकै इश्वर पेटो्रल पम्प भएकाले तत्काल आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको उनले बताए ।                                     फाटो क्याप्सन : सदरमुकाम तम्घासको बसपार्क नजिकै एक कच्ची घरमा भएको आगोलागी ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend