logo
  • शनिबार, असोज १० २०८३

नयाँ शक्ति पार्टी नेपाल गुल्मी र माओवादी केन्द्र गुल्मी बिच एकता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री  गुल्मी ,बैशाख २।
नयाँ शक्ति पार्टी नेपाल गुल्मी र माओवादी केन्द्र गुल्मी बिच एकता गरेका छन् ।नयाँ शक्ति पार्टी नेपाल गुल्मीका जिल्ला संयोजक पुनराम ज्ञवाली सहित केहि कार्यकर्ता माओवादी केन्द्र गुल्मीमा शुक्रवार एक कार्यक्रमका बिच पार्टी एकता गरेका हुन।नयाँ शक्ति पार्टीले नेपालको आर्थिक समृद्धि राज्यको पुनसंरचना लगायतको विषयमा लिएको अडान र नितिको आधारमा संगठित भएपनि पछिल्लो समय जातीय तथा क्षेत्रीय पार्टी निर्माण गर्ने गरेको संयोजक ज्ञवाली द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।नयाँ शक्ति झन पुरानो र यथास्थितिबादमा फस्दै गएकोले आजैका मितिबाट जिल्ला समिति र माओवादी केन्द्र गुल्मी बिच एकता भएको घोषाण गर्दछौ बिज्ञप्तीमा उल्लेख गरिएको छ। ज्ञवालीले आफना पार्टीका ८० प्रतिशत कार्यकर्ताहरु पार्टी एकिकरण समाबेश भएको जनाए। उनले जिल्ला कमिटि सहित सबै कमिटि पार्टी एकिकरण गएको जनाएका छन्। नयाँ शक्ति पार्टी नेपालका जिल्ला सांयजक ज्ञवाली सहितका कार्यकर्तालाई माओवादी केन्द्र गुल्मीका जिल्ला संयोजक बिर बहादुर कार्की सहित नेता कार्यकर्ताका बिच एकता भएको घोषणा गरेका थिए । यता नयाँ शक्ति पार्टी नेपाल गुल्मी बिज्ञप्ती यता नयाँ शक्ति पार्टी नेपाल गुल्मीले पार्टीका केहि नेताहरु मात्र अन्य पार्टीका गएको जनाएको छ।

पार्टीका सचिवालय संयोजक जनक पन्थद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद गुल्मीका केहि व्यक्तिहरुले पार्टीको लेटर प्याड र संस्थागत छाप दुरुपयोग गरि मनोमानी ढंगबाट नयाँ शक्ति पार्टी माओवादी केन्द्रमा एकिकरण भएको भनी प्रेस बिज्ञप्ती जारी गरिएकोमा नयाा शक्ति पार्टी नेपाल गुल्मीको संचिवालयको बैठक बसी उक्त घटना प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

पार्टीले ५ जना मानिसको हस्ताक्षरबाट सिङ्गो पार्टी नचलेको र नयाँ शक्ति पार्टी जिल्ला कमिटि माओवादी केन्द्र गुल्मीमा एकिकरण नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend