logo
  • शनिबार, असोज १० २०८३

ढाका टोपीमा सलामी सिक्दै म्यादी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी,बैशाख २ ।
सरकारले पोशाक समयमै उपलब्ध गराउन नसकेपछि अहिले देशभरीका म्यादी प्रहरी बर्दी बिनानै तालिम गरिरहेका छन् । बिहिबारबाट पुरुषहरुले नेपाली ढाका टोपी र महिलाहरु क्याप टोपीको साथमा सलामी सिकिरहेको छन् । स्थानिय तह निर्वाचनको सुरक्षाको लागी गुल्मीबाट आठ सय २० जना म्यादी प्रहरीमा छनोट भएका छन् । कुल १९ सय ९३ जना आबेदन मध्येबाट छ सय ८२ जना पुरुष एक सय ३८ जना महिला छनोट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । म्यादी प्रहरीको लागि एक सय २३ जना बैकल्पिकमा राखिएको नेपालले जानकारी दिए । कुल संख्या मध्ये १७ सय २० जना पुरुष र दुई सय ७३ जना महिलाले आबेदन दिएका थिए । गुल्मीमा जिल्लाको सदरमुकाम तम्घास र इलाका प्रहरी कार्यालय रिडीमा आबेदन दिने व्यावस्था गरिएको थियो । अहिले जिल्लाको सदरमुकाम तम्घास, पुर्कोटदह, रिडी र शान्तिपुरमा तालिम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend