साझा नेटवर्क
गोविन्द भण्डारी अछाम, बैशाख १।
नयाँ बर्ष २०७४ सालको पहिलो दिन सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रमा धुमधामका साथ बनाइने बिसु पर्व सुरु भएको छ । सुदुरपश्चिमका अधिकांस क्षेत्रहरुमा हरेक नयाँ बर्षको पहिलो दिन धुमधामका साथ बिसु पर्व मनाउने प्रचलन रहेको छ। यतिबेला रोजगारीका लागि भारतका बिभिन्न शहर पसेका सुदुरपश्चिमेलीहरु बिसु नजिकिए संगै धमाधम घर फर्केका छन्।
यतिबेला बिसु पर्व मनाउन नेपालीहरु घर फर्किए सङगै थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँघरमा खुसीयाली छाएको छ। रोजगारीका लागि भारत तथा अन्य मुलुक गएका परिवारका सदस्य धेरै समयपछि घर फर्किदा घरपरिवार निकै खुसी देखिएका छन। गाउाघरमा निकै चहलपहल बढेको छ । सुदुरपश्चिमका तराइका दुइ जिल्ला कैलाली,कञ्चनपुर भन्दा बिशेष गरी सात पहाडी जिल्लामा मनाइने बिसु पर्बमा देवर भाउजु,नन्दभाउजु र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्याप्ने गर्दछन । हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ।
बिसुका दिन सिस्नो लगाउादा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुादै गएको छ । विसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । बिसु अबसर पारी महिलाहरूले पुतला नाच खेल्ने र पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्दछन । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend