logo
  • शुक्रबार, असोज ९ २०८३

प्राप्त उपलव्धीलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वन गर्न आवश्यक साासद चन्द्र भण्डारी विमल नेपाली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 विमल नेपाली गुल्मी,चैत्र ३१।
नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवम गुल्मी क्षेत्र नम्बर २ का साासद चन्द्र भण्डारीले प्रदेश नम्बर ५ लाई टुक्राउन नदिन सवै दलहरु एक ठाउमा उभिनुपर्ने बताउनुभएको छ ।
बुधबार नेपाली कांग्रेसले मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहााले तराईविहिन पहाड भयो भने यहीबाट देश विखण्डन सुरु हुने भन्दै अदण्ड ५ नम्बर प्रदेशका लागि लडाई गरेको बताउनुभयो । प्रदेश नम्बर ५ टुक्राउने प्रस्ताव विरुद्ध भएको आन्दोलनले जनता तथा लोकतन्त्रको सामु सरकार झुक्दो रहेछ भन्ने कुराको प्रमाणित भएको उहााको भनाई छ । उहााले स्वर्गजस्तो देशलाई बनाउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उहााले महिलालाई विकासका कार्यहरुमा सागै नलिए देशको विकास नहुने बताउनुभयो । दलित, जनजाती, मुस्लिम, थारु, मधेसी तथा महिलाहरुलाई संविधानमा ३३ प्रतिशतको हकअधिकार सुनिश्चित गर्दै अव भन्ने संसदमा ३३ प्रतिशत महिलाहरुको सहभागिता रहने व्यवस्था लिएको भन्दै संविधान मार्फत समावेशीता तथा समानुपातिक व्यवस्थाको लागु गरेको बताउनुभयो । अब तिन तहको निर्वाचन गर्न नसक्ने आजसम्मका सवै उपलव्धीहरु गुम्न सक्ने भन्दै प्राप्त उपलव्धीलाई संस्थागत गर्न निर्वाचन गर्न आवश्यक रहेको बताउनुभयो। साासद भण्डारीले संविधान कार्यान्वनका लागि फेरी एकपटक सवै दल एकैठाउमा उभिन आवश्यक रहेको समेत बताउनुभएको थियो ।आसन्न स्थानीय तहको निर्वाचनलाई कसैले पनि जाली गर्ने थलो बनाउन नहुने भन्दै चुनावलाई सदभाव, सम्मान र संविधान कार्यान्वन गर्नका लागि यसै चुनाव मार्फत संविधान कार्यान्वयनको जग वसाल्नुपर्नेमा उहााको जोड छ । साासद भण्डारीले चुनाव नजिकिदै जादाा केही राजनितिक दलका नेताहरु भ्रमको खेती गर्दे हिडेकोले त्यो भ्रममा नपर्न जनतालाई आग्रह गर्नुभयो । साासद भण्डारीले लामो समयपछि नेपाली जनताले कांग्रेसको नेतृत्वमा संविधान पाएको भन्दै बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताएमा देशमा विकासले गति लिने बताउनुभयो ।
उहााले आफुले आफ्नो निर्वाचन क्षेत्रमा जे जति काम भएका छन ती काम आफुलाई भोट दिएर नजिताएको भए सम्भव नभएको भन्दै ति सवै कामले जनताले गरेको बताउनुभयो । जनताको एउटा गल्तीले धेरै फरक पर्ने भन्दै भोट दिने समयमा राजतितिक दल विशेष नभई जसले काम गर्न सक्छ,जो सक्षम छ त्यसैलाइ भोट दिनुपर्ने बताउनुभयो । कुरा गरेर मात्र देशका विकास नहुने भन्दै अब काम गरेर देखाउने बेला आएको साासद भण्डारीको भनाई छ ।

सभालाई नेपाली कााग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, पुर्व सभापति शुरेसचन्ऽ भुषाल,उपसभापति बिष्णु बलाल, सचिब व्दय खिलध्वज पन्थी,बिष्णु सापकोटा, पुर्व सचिब छन्द पहराइ,नेबिसंघ केन्ऽिय सदस्य सुदर्शन खनाल, क्षेत्र नम्बर ३ का सभापति भगत सिाह खड्का,पुर्व क्षेत्रीय सदस्य मुक्ति कंडेल,नेबिसंघ पुर्व केन्द्रिय सदस्य मोती भण्डारी,नेबिसंघ जिल्ला सभापति झबिन्क  पाण्डेले समेत सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend