logo
  • शनिबार, भाद्र २० २०८३

“नयाँ बर्ष बृहत सांस्कृतिक साझ २०७४” का लागि कलाकारहरु युएईमा :अनाथ तथा अपांग सहयोगार्थको


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दामोदर दाहाल,युएई।
नेपाली नयाँ बर्ष २०७४को बिशेष अबसर पारेर काभ्रे सेवा समाज युएईलेअपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ आयोजना गर्न लागेको अप्रिल १४ अर्थात बैशाख १ गतेको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४” को लागी नेपालबाट ख्यातीप्राप्त कलाकारहरु दुबई आइपुगेका छन।काभ्रे सेवा समाज युएईको निमन्त्रणामा कलाकारहरु गायक तथा संगितकार बिश्व दोङ,चर्चित नायिका,मोडेल तथा आईटम डान्सर रिया श्रेष्ठ,लोक तथा आधुनिक गायिका रिता केसी अप्रिल १२ बुधबार नै युएई आइपुगेका छन। लामो समय देखि कलाकारितामा पोख्त भएका कलाकार बिस्व दोङ दर्जनौ तामांग सेलो, आधुनिक,लोक गितमा गायन तथा संगीत भर्ने काम गरेका छन भने बिशेष गरेर तामांग सेलो गीतको चर्चित संगीतकार भनेर चिनिएका छन भने, सुरु-सुरुमा लोक गायिका भनेर चिनिने गायिका रीता के सी पछिल्लो समयमा आधिनिक गितहरुमा धेरै ब्यस्त देखिन्छिन संगीत मै बिध्यबारिधि गर्दै गरेकी रिता के सी अहिले ब्यस्त आधुनिक गायिका मध्यमा पर्छिन,त्यसै गरेर अहिलेको आइटम गितहरुमा कामुक नृत्य गरेर आफुलाई स्थापित गरेकी नायिका मोडेल तथा नृत्यगना रिया श्रेष्ठको दर्जनौ म्युजिक भिडीयोमा,स्टेज कार्यकममा आफ्नो अभिनय मार्फत कला प्रदशन गरेकी छन भने जन्जिर,बोस, त्रास,द रिटर्न हिरो,त्रिस्णा, लाल्टिन जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन।दुबईको देरा स्थित कालटर्न टावर होटलमा अप्रिल,१४ सुक्रबार दिउसो २: ३० बजे देखी आयोजना हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु सदाबाहर गायक गोपिकृष्ण पंगेनी, गायक निश्चल श्री,सन्ध्या सुस्केरा, डिबी समर्पण, नबगायक प्रबेग दोङ, हास्यकलाकार ईन्द्र सिन्चुरी,डान्सर रोसनी सुब्बा,सोनी राना मगर,अञ्जुली लोप्चन लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भने सास्कृतिक कार्यक्रम बलराम बस्नेतले चलाउने आयोजकले जानकारी दिएका छन।नेपाल देखी आएका कलाकारहरुले युएईबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ मा उपस्थित भई नेपाली नया बर्ष कार्यक्रमको साथमा काल्टन टावर होटेलमा सास्क्रतीक कार्यक्रम हेर्दै मनाउनको लागी तिनै जना कलाकारहरुले चुले निम्तो भनेका छन भने आयोजकले नेपालबाटआएका कलाकारहरुलाई अल मक्तुम एयरपोर्टमा स्वागत गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी सस्थाका अध्यक्ष दिल कुमार लामाले साझा नेटवोर्क जानकारी बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend