साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, कतार।
नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार तथा गायक गायिकाहरु कतारमा झरिसकेका छन्। उनीहरु बसन्त फिल्मस् प्रा.लि.ले भोलि शुक्रबार गर्ने लागेको नेपाली नयाँ बर्ष २०७४ उपलक्ष्यमा शुभकामनाआदानप्रदान सहित बिबिध सास्कृतिक कार्यक्रमका लागी कतार प्रवेश गरेका हुन्।
कतारको गल्फ प्याराडाईज होटेलको हलमा हुन गईरहेको बृहत सांगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती कमाई सकेका नेपाल तथा जापानबाटगरि ९ जनाको समूह कतार भित्रिन लागेको हो।ति मध्य लोकदोहोरी गायिका जुना सिरिष मगर,मोडेल मंजिता केसी,उद्घोषिका तथा गायिका सितल शर्मा,आघुनिक गायक रमेशराज भट्टराई,लोक गायक भगिरथ चलाउने,लोक गायक तेजेश रेग्मी गायक तथा संगीतकार रामकृष्ण बम मल्ल र यादव प्रसाद देवकोटा (सरापे) आज बिहानको ३ बजे दोहामा आई सकेका छन् भने चर्चित लोक गायक भगवान भण्डारी आज बेलुकी ६ बजे आउने भएका छन्।
कार्यक्रमको मुख्य आकर्षण भनेको नेपाली टेलिभिजनको हास्यविधामा सबैलाई सरापेदै सरापे उपमा पाएका यादव देवकोटा हुने छन्। कतारमा पनि उनले ककसलाई सराप्ने हुने हेर्न बाँकि छ। त्यसैगरी मंजिताले कम्मर मर्काउदै गर्ने डान्स जुना सिरिष,तेजेश,भगिरथ,र भगवान भण्डारीले कतारका लोकपारखीहरुलाई दोहोरीमा नचाउने छन्। त्यसै गरि रमेश राज र रामकृष्ण बम मल्लले आधुनिक तथा पप सैलिमा नयाँ बर्षको नयाँ रौनक दिने भएका छन् । मनोरन्जनको बिचबिचमा आउदै आफ्नो गायकीसंगै आफ्नो उद्घोषण कलाले दर्शकहरुले बाँधेर राख्ने काम सितल शर्मा गर्ने छिन् ।
नयाँ वर्षको सांगीतिक कार्यक्रम विना भाषण नितान्त मनोरंजन हुने भएको छ। लगभग दर्जनको हाराहारीमा नेपाली राष्ट्रीय तथा अन्तराष्ट्रिय कलाकारहरु भित्रिने सांगीतिक कार्यक्रम भब्य हुनेमा कुनै शंका छैन । समयको ख्याल गर्दै दर्शकहरुको माहोल हेरेर कार्यक्रमलाई अझै ससक्त रुपले प्रस्तुत हुने कुराको जानकारी कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले दिएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend