साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी चैत्र २९ ।
युवाको शैक्षिक प्रमाण पत्र धितो राखेर व्यावसायीक ऋण दिने कार्यक्रम गुल्मी जिल्लामा सुरु हुने भएको छ । जिल्ला युवा समितिको कार्यालय गुल्मीले मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको छ । नेकपा एमालेका अध्यक्ष केपि ओली नेतृत्वको सरकारले घोषणा गरेको शैक्षिक प्रमाणपत्रको धितोमा राखेर युवाहरुलाई ऋण दिने कार्यक्रम कार्यान्वयन चरणमा आएको छ ।
जस अनुसार एक वडा १० युवा एक उद्यम कार्यक्रम शुरु भैसककेको कार्यालयले जनाएको छ । जिल्लाका तिन निर्वाचन क्षेत्रका युवाहरुको लागि प्रस्ताव आब्हान गरिएको थियो । जस अन्तरगत प्राप्त व्यवसायीक प्रस्तावहरु मध्येवाट पाँच वटा प्रारम्भिक छनौटमा परेको परिषदका अध्यक्ष राजेन्द्र बिक्रम कुवंरले बताए । उक्त व्यवसायीक प्रस्तावलाई अन्तिम निर्णयका लागि राष्ट्रिय युवा परिषदको केन्द्रिय कार्यालय काठमाण्डौं पठाइएको उनले बताए ।
खास गरी यो कार्यक्रमले युवाहरुको सीप, क्षमता, नेतृत्व एवं उद्यमशिलता विकासको उदेश्य बोकेको कार्यालय प्रमुख राम प्रसाद पाण्डेयले बताए । सरकारको निती अनुसार राष्ट्रिय युवा परिषद्ले १६ देखि ४० बर्ष उमेर समूहका युवाहरुको विचमा काम गर्ने र उक्त कामको कार्यान्वयन गुल्मी जिल्लामा जिल्ला युवा समितिको कार्यालयले उहाँले बताउनुभयो ।
परिषदले रोजगारीको खोजीमा दिनानुदिन विदेशीदै गरेका युवाहरुको क्षेत्रमा सिप मुलक तालिम, व्यवसायीक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवं अनुदान केन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगार का अवसरहरु सिर्जना गर्ने उद्येश्य राखेको छ । सम्मेलनमा कार्यालयवाट भैसकेका, हुदै गरेका र आगामी कार्यक्रमका वारेमा जानकारी गराइएको थियो । सम्मेलनमा जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend