logo
  • शनिबार, भाद्र २० २०८३

बसन्त फिल्मसको साँस्कृतिक कार्यक्रमको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क ,कतार ।
बसन्त फिल्मस् प्रा.ली. कतार शाखाले यहीँ १४ अप्रिल शुक्रबारका दिन आयोजना गर्न लागेको नया वर्ष २०७४ शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतीक कार्यक्रमका लागी कलाकारहरु बुधबार नै कतार आईपुग्ने भएका छन् । उक्त साँस्कृतीक कार्यक्रमका लागी अमेरिका , जापान र नेपाल देखी कलाकार कतार आउने भएका हुन् ।

कतारमा स्थापित स्थानीय नेपालि कलाकारहरुको समेत बजोड प्रस्तुती रहने भएको छ । नेपालबाट लोकदोहोरी गायिका जुन श्रीष मगर, सर्जक तथा लोक गायक तेजस रेग्मी ,लोक दोहोरि गायक भगिरथ चलाउले र गायक तथा संगीतकार रमेश राज भट्टराई, लोक गायिका तथा कुसल कार्यक्रम संचालिका शितल शर्मा, हास्यकलाकार यादब देवकोटा(सरापे), कतार आउदै छन । त्यस्तै अमेरिका बस्दै आएका बरिस्ठ लोक तथा दोहोरि गायक भगवान भण्डारी , जापान बाट बरिस्ठ गायक तथा संगीतकार रामकृष्ण बम मल्ल कतार आउदै छन् । नेपाल तथा जापान बाट कलाकारहरु बुधबार नै कतार आईपुग्ने छन भने अमेरिका बाट भण्डारी बिहिवार कतार आइपुग्ने छन् ।

प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना गर्दै नेपाल लगायत विभिन्न देशमा रहेका कलाकारहरुलाई स्थान दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बसन्त फिल्मस् प्रालीका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले बताएका छन । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउदै कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले कतारका दर्शकले कार्यक्रमको नौलोपन महशुस गर्न पाउने बताएका छन । कार्यक्रममा दोहोरी घम्साघम्सी समेत हुनेछ । बसन्त फिल्मस् प्राली कतारको तेश्रो प्रस्तुती रहेको यस कार्यक्रममा उल्लेख्य नेपालीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ । कार्यक्रम यहीँ शुक्रबार मध्यान्न ११ बजे बाट सुरु हुदैछ ।

कार्यक्रमको तयारीमा जुटिरहेको बसन्त फिल्मस् प्रा.ली कतारले कतारमा उत्कृष्ट कार्यक्रम गर्ने बताईरहेका छन । नेपाल तथा जापान बाट कलाकारहरु बुधबार नै कतार आईपुग्ने छन भने अमेरिका बाट भण्डारी बिहिवार कतार आइपुग्ने छन् । नया बर्षको आगमन सँगै कतारका नेपालीहरुले हर्षोउल्साषका साथ मनोरन्जन लिने बिस्वास गरिएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र यो कतारकै उत्कृष्ट कार्यक्रम हुने बिस्वास आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend