साझा नेटवर्क
ध्रुब क्षेत्री काभ्रे ,चैत्र २९।
आज भन्दा करिब ५ बर्ष अगाडि हालको बनेपा नगरपालिका वडा न २ को श्री रत्न चुन्णे शवर मा .वि को चौर भन्दा करिब ३० मिटर तल एउटा ट्याकि निर्माण गर्न का लागि तत्कालिन स्थानीय समाजका अगुवाहरुको पहलमा जिल्ला बिकास समिति बाट बिकाश खर्च स्वरुप रु ५,००,००० बजेट निस्कासा गरियो र तेहि योजना अनुरुप कामको सुरुवात भएको थियो।
तत्कालिन अबस्थामा त्याहाका लगभग २०० घर धुरि जनसमुदायहरु काकाकुल हुनबाट जोगिने भैयो भनेर खुसिले गदगद भएका थिए। स्थानिया चुनाब नभएको लामो समय तथा जनप्रतिनिधि बिहिन स्थानिया निकाय भएका कारण समयामै काम सक्ने उदेस्यले एक जना राम्रो अध्यक्ष को छ्नोट गर्ने र काम सफल गर्ने उदेस्यले सबै राजनीति पाटि र स्थानीय जनताको सहमतिमा पुर्ब टुकुचा गाबिसमा एमालेबाट अद्क्ष्या निर्बाचित भइ सक्नु भएका श्री राजकृस्न गिरि लाइ उक्त जिम्मेवारीमा सर्बसम्मत निर्बाचित गरि कार्यसम्पादन को जिम्मेवारी सुम्पिय।
तर बिडम्बना भनौ या उहाको सुस्तता ले हो आज सम्म उक्त पानि टयांकी निर्मार्ण कार्य सम्पन्न भएको छैन भने ट्यांकी आधा काम भएर पनि जिर्ण अबस्था मा छ साथै जिल्ला बाट दिनु पर्ने रकम सबै निकासा भएको र सबै बजेट सकी सकेको समाजलाई अनऔपचारिक रुपमा अद्क्ष्य बाट जानकारी गराईयो तर अदक्ष्यज्युबाट आज सम्म कमिटि लाइ औपचारिक रुपमा आय-ब्या र घाटा नाफा को जानाकारी गरिएको छैन यस्ता अनगिन्ति बेथिति र काम गर्न नसक्ने गाउका पुर्बहरुलाई फेरी त्यहाँ का जनाता ले के अधार मा मतदान गर्ने भन्ने कुरा सामाजिक संजाल तथा चिया पसल हरु मा सुनिदै आएको छ।
सामाजिक संजाल तथा स्थानीय भेटघाटमा हेर्दा,स्थानीय जनताहरु आक्रोसित हुदै हाल पाच बर्ष पछि पनि ट्याङकि आधाको आधानै छ भने बजेट खोई काम किन गरिएन?? के कारणले रोकियो किन समाज लाइ जनाकारी भएन भन्दै आउने स्थानीय चुनाबमा यस्तै तरिकाले के भनेर यिनीहरुले मत माग्लान भन्दै स्थानीयहरु प्रश्न गरि रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend