logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा कांग्रेस एमाले विच खानीगाउँमा झण्डै झडप


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,चैत्र २९।
स्थानिय तहको निर्वाचनको चहल पहल सुरु हुनै लागेको वेला आज नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता विच तम्घासको खानीगाउँमा झण्डै झडप हुने वातवरण सिर्जना भएको थियो।

नेपाली कांग्रेसले रेसुङ्गा नगरपालिका वडा नम्वर–८ को वडा भेला राखेको स्थान खानीगाउा टुनिखोलाको दुर्गा मन्दिरमा एमाले कार्यकर्ताहरुले अवरोध गरेको बताईएको छ।नेपाली कांग्रेस वडा नम्वर ८ का वडा सभापति रमेश श्रीसले एमालेका सम्भावित वडाअध्यक्षका उमेदवार खेदबहादुर श्रीस्,एमालेकै कार्यकर्ताहरु रुद्रबहादुर श्रीस् र लालबहादुर श्रीस् लगायत आएर आफुहरुको कार्यक्रम विथोल्ने,झण्डा च्यात्ने,फालि दिने सम्मको धम्की दिएको आरोप लगाए ।

उनिहरुको उदण्ड व्यवहारटबाट झण्डै हात हालाहालको स्थिती आएको सभापति श्रीसको भनाई रहेको छ ।यस सम्वन्धमा एमालेका उनै खेदबहादुर श्रीसले भने उनिहरुले आरोप लगाए जस्तो नभएको जिकिर गरे ।उनले भने–‘मान्दिर जस्तो साझा थलोमा नेपाली कांग्रेसको झण्डा नगाड्नुस,यो सवैको मन्दिर हो,वरु अन्य कुनै स्थानमा झण्डा गाड्नु होस भनेर सम्झाउन गएको हो,कार्यक्रम विथोल्न गएको होईन ।’

हामी उहााहरुको छिमेकमा रहेको भगवती मन्दिरमा गएर एमालेको झण्डा गाडेर कार्यक्रम गरे उहााहरुले के भन्नु होला ?उनको यस्तो प्रति प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend