logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको चन्द्रकोट गाउँपालिकामा नयाँ शक्तिको प्रथम गाउँ भेला सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री गुल्मी,चैत २८ ।
नयाँ शक्ति पार्टी नेपाल गुल्मीको चन्द्रकोट गाउपालिका भेला सम्पन्न गरेको छ। नयाँ शक्ति पार्टी नेपालले चन्द्रकोट गाउापालिका गुल्मीको प्रथम गाउँ भेला गाउँपालिका केन्द्र शान्तिपुरमा एक कार्यक्रम बिच सम्पन्न भएको हो ।आउदो स्थानीय तहको निर्वाचनको तयारी तथा संगठन विस्तारको कार्ययोजनासंगै गाउँ भेलाले बाबुराम बोहराको संयोजगत्वमा ४५ सदस्यीय नयाँ गाउँ कमिटि समेत गठन गरेको छ। शान्तिपुर बजारको कालिकानगर क्षेत्र तथा सोहि स्थानमा बग्ने भुग्दी खोलाको साताव्यापी सरसफाई अभियानको सुरुवातसंगै नयााशक्ति पार्टी नेपालको गाउँ भेला भेला जेष्ठ सदस्य नर बहादुर सापकोटाको सभापतीत्व रहेको थियो। कार्यक्रममा जिल्ला संयोजक तथा संघीय परिषद सदस्य पुनाराम ज्ञवालीको प्रमुख आतिथ्यता,क्षेत्रीय संयोजक तथा संघीय परिषद सदस्य तेजेन्ऽतेजेन्द्र थापाको बिशेष आतिथ्यता तथा राष्ट्रिय युवा अभियान गुल्मीका संयोजक बाबुराम बोहराको आतिथ्यतामा सम्पन्न भएको छ ।भेलाले पार्टीका आंगिक संगठन गठन गर्नुका साथैचन्द्रकोट गाउँ पालिकाको ८ वडाको वडा कमिटि समेत गठन गरिएको छ।

आंगिक संगठन अन्तर्गत युवामा होम बहादुर थापा,महिलामा नजिरा मियाा,मजदुरमा रघु नेपाली,किसानमा उत्तम खत्री,दलितमा खडक बोहरा तथा प्रेस सोसाइटीमा नविन थापा संयोजक रहेका छन्। स्थानिय निकाय निर्वाचन तयारी तथा ब्यबस्थापनका लागि ३ सदस्यीय निर्वाचन मस्यौदा समिति समेत गठन गरिएको छ सरोज कुमार गुरुङको संयोजगत्वमा गठित समितिमा नविन थापा र मिना बोहरा सदस्य रहेका छन्। गाउापालिका संयोजकको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ।

“अबको निकास आर्थिक विकास,सम्वृद्धि सम्भव छ हाम्रै जीवन कालमा“ भन्ने मूल नाराका साथ उदाउदो बैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुदै गरेको नयाा शक्ति पार्टी नेपाल पछिल्लो समय जनतामाझ नयाँआयामको रुपमा अग्रस्थानमा उभिएको छ। गुल्मीकोचन्द्रकोट गाउँ पालिकामा समेत मजबुत राजनीतिक शक्तिको रुपमा स्थान बनाउदै गरेको पार्टीले निर्वाचनमा सहभागि हुदै गाउपलिका नेतृत्वको अग्रभागमा जनताले उभ्याउने बिश्वास समेत गरेको पार्टी क्षेत्रीय संयोजक तथा संघीय परिषद सदस्यतेजेन्द्र थापा जानकारी दिए ।
मालिका गाउापालिकामा भेला

नयाँ शक्ति पार्टी नेपालको मालिका गाउापालिकामा भेला सम्पन्न भएको छ। भेलाले टेक बहादुर पाठको अध्यक्षतामा ३५ सदस्यि गाउाकमिटी गठन गरेको छ। गाउा कमिटी उपाध्यक्षमा प्रेम अर्याल, सचिव सुर्य थापा र कोषाध्यक्षमा कमला अर्याल रहेका छन्। भेलाले संगम पाठकको संयोजकत्वमा ३५ सदस्यि युवा परिचालन कमिटी गठन गरेको छ ।

कार्यक्रम टेकराम पाठकको अध्यक्षता रहेको थियो भने क्षेत्रिय संयोजक चन्द्र बहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend