logo
  • शुक्रबार, असोज ९ २०८३

भेट्नलाई आउ है कान्छा एल्बममा बल्छी धुर्बे राजु मास्टर आशा खड्काको रोमान्स (भिडियो सहित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमान्डौ चैत्र २७ ।
काठमाडौँ को बतासे डाडोको नजिकै पर्ने एक घरको ज्यालमा चियाएर युवतीले ड्रेस चेन्ज गरेको हेर्ने मेरी बास्सैका चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ युवतीका दाइले राम धुलाई गरेका छन् । प्रसङ्ग म्युजिक भिडियोको हो देवी घर्ती र बिशाल बास्तोलाको आवाजमा रहेको लोक दोहोरि कोशेली “भेट्नलाई आउ है कान्छा ” भन्ने बोल रहेको गीतको छायांकन सम्पन्न भै युटुबमा भिडियो सार्बजनिक भएको छ ।अहिले सम्मकै नया रुपमा अर्थात् आफ्नो बास्तबिक रुपमा पहिलो पटक कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ निर्देशक बिष्णु भट्टराईले प्रस्तुत गरेका छन् । राजु मास्टर ,बल्छी धुर्बे ,आशा खड्का,दलबहादुर,राजु चौलागाई लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको भिडियोमा बासु बरालको छायांकन रहेको छ । अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माण रहेको भिडियो काठमान्डौको नजिकै पर्ने बतासे डादो सेरो फेरोमा छायांकन गरिएको छ । केहि रमाइला र हास्यास्पद सम्बाद सहित तयार गरेको भिडियो पक्कै पनि दर्शकलाई मनपर्ने निर्देशक बिष्णु भट्टराईको भनाइ छ । यसभन्दा पहिले ३ ओटा गीत बजारमा ल्याइसकेका भएपनि गायक बिशाल बास्तोलाले यो गीत बाट दर्शक श्रोताको माया र साथ् पाउने बताउछन।                                                                                                भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend