साझा नेटवर्क
अनिश शर्मा गैरे वामी गुल्मी,चैत्र२७।
नेपाली कााग्रेस मदाने गााउपालीकाको प्रशिक्षण कार्यक्रम म्यालपोखरीमा सम्पन्न भएको छ।मदाने गाबिस अन्तगृत साबिकको पुर्काेट गाबिसका नेपाली कााग्रेसका सभापति मनिराम थापको अध्यक्षता रहेको कार्यक्रममा नेका महासमिति सदस्य महेन्द्र भण्डारी मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुभएको थियो भने नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सुदर्शन खनालले पनि प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेका जिल्ला सदस्य कााशी बहादुर बोहोरा, जिल्ला सदस्य शुशिला भुषाल, नेपाल बिद्यार्थी संघ जिल्ला सचिब निर्मला पन्थी, तरुण दल सदस्य दान बहादुुर श्रीस, महाधिबेशन प्रतिनिधि पार्वती सेन लगायतको बिशेष उपस्थिती रहेको थियो ।सोही कार्यक्रममा मनिराम थापाको संयोजकत्वमा साविकका गााउपालीकाका अन्तर्गतका गाबिस सभापतिहरु सहसंयोजक रहने मदाने नेपाली गााउपालीका निर्वाचन परिचालन समिकिो गठन गरिएको छ ।
मनिराम थापाको संयोजक रहने गरी २०१ सदस्यीय निर्वाचन परिचालन समितिको गठन भएको हो ।फर्शुराम भुषालको स्वागत रहेको कार्यक्रमको सञ्चालन पेम सेनले गर्नुभएको थियो ।उता साविकको पुुर्काेट गाबिस तथा मदाने गााउपालीका वडा नम्बर ६मा आज नेपाल तरुण दलको गठन गरिएको छ ।चक्र बहादुर जीसीको अध्यक्षतामा ७१ सदस्यीय समितिको गठन गरिएको हो ।
तरुण दलका साविकका गाबिस अध्यक्ष चक्र बहादुर जिसीको अध्यक्षता रहेको कार्यक्रममा दान बहादुर सेनको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा क्षेत्रीय सचिब राजेन्द्र थापा,पुर्काेटका नेका सभापति मनिराम थापा,लगायत नेपाली कााग्रेस सम्बद्ध ब्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेम सेनले गर्नुभएको थियो ।
दुबै ठााउमा भएका कार्यक्रमले अबको आउादै गरेका तीन तहकै चुनावमा नेपाली कााग्रेसलाइ मुख्यय पार्टी बनाउनको लागि कम्मर कसेर अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend