साझा नेटवर्क
काठमाडौं, चैत्र २७।
हाम्रो राजनीतिक विचार धारा शायद फरक हुनसक्छ वा गुट दल पनि भिन्न हुनसक्छ। मेरो पनि त्यहि हो, विचार धारा अलिक फरक छ। त्यसैले देश गणतन्त्र सहितको लोकतन्त्रीकरण भईसकेको अवस्थामा देशमा हुने गरेको या सामाजिक कार्यमा हुने जुनसुकै गतिविधिहरूमा आफूलाई चित्तबुझ्दो हुँदा वा नुहुँदा स्वन्त्रताका साथ समर्थन वा विरोध गर्न पाउने अधिकार सर्वसाधारण आम नेपाली जनताहरू सबैमा निहित छ ।
जसनुसार आन्दोलनको क्रममा नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यामीको भाषिक समस्याको कारण हाड नभएको जिब्रो लटपटिँदै निक्लेको अभिव्यक्ति प्रति मैले पनि आफ्नो भनाइ राखेकि छु। यामी ले पछि जे भन्न खोजिएको हो त्यो नभनी अर्कै शब्द प्रयोगमा ल्याइएको प्रति आफूबाट भएको गल्तीलाई सहर्ष स्विकार्दै आम नागरिक सँग क्षमा याचना सहित स्पष्टीकरण दिँदा उनको त्यो आत्मालोचना सहितको महान्तालाई मैले पनि सम्मान गरे ।कारण गल्ती जे जुन अवस्थामा जसरी भयको भए पनि गल्तीलाई आत्मा ग्लानि सहित जनतासङ्ग माफी माग्नु इमानदारिताको एक नमुना मान्ने गर्छु म,जुन मैले यामि जी बाटपाएँ।
तर आज देशमा दिनदहाडै भ्रष्टाचार र कालोबजारी हुन्छ ।देशको नदि-नाला सिमाना अनेकौँ बहानामा भारतलाई सुम्पिने नेताहरूले कहिल्यै भनेनन् मैले गल्ती गरे र अब गर्दैनौ भनेर,। जनताहरू सँग कहीँल्यै माफी मागेनन् तर उल्टै राज्यको ढुकुटीमा मोज गर्दै नेपालको राजनीतिलाई भारतको हातमा सुम्पेर नेपाली जनताहरूको भविष्यलाई अनिर्णयको बन्दी बनाउँदै खेलबाड गरिरहेका हुन्छन, यति हुँदा सम्म पनि हामीले यसरी तल्लो स्तरमा गिरेर सामाजिक मापदण्डलाई बिर्सने कार्य कहिल्यै गरेनौ । तर आज एक सचेत नेपाली महिला भएको नाताले हिसिला यामि र छोरी मानुषीलाई सामाजिक सञ्जाल (फेसबूक) को चरम दुरुपयोग गर्दै खुलमखुला बलात्कार गर्छु, अझ खोजी-खोजी बलात्कार गर्छु भन्ने र बलात्कार हुँदा सहयोग गर्छु भनेर प्रतिक्रिया दिँदा नेपालको कानुन र महिला अधिकारको धज्जी उडाउँदै नारि अस्मिता माथि नै आघात हुने गरि पुरुष अहंकारमा लिप्त भई सामाजिक मापदण्डलाई नै चुनौती दिएको देखेर दलगत वा राजनीतिक स्वार्थमा लागेर म लगायत कोही कुनै पनि सचेत महिला होस या सचेत पुरूष उनीहरूको मानवीय धर्मले कदापि चुपचाप बस्न दिँदैन ।
जसानुसार आज तीनै कानुनका धारा उपधाराहरूमा लेखिएको नेपालको कानुन जसमा दोषीलाइ निर्दोष र निर्दोषलाई दोषी बनाउन सक्ने हाम्रो देशको कानुनको तराजुलाई आज पुनः प्रवास भूमिबाट म शरिनले प्रश्न गर्दै छु । बहु जातीय नेपाली जनताहरूको जातीय अस्तित्व र समानुपातिक हक अधिकारको माग राख्नु हुने मुलवासी छोरा पहिचान बादी नेता आङकाजि शेर्पालाई बिना कारण सञ्जालमा आफ्नो जातीय अस्तित्व को भाव कोर्दा सञ्जाल दुरुपयोग गर्यो जातीय द्वन्द्व निम्त्यायो भनेर अनावश्यक मनोगढन्ते आरोप लगाइ एक आतङ्ककारी शैलीमा बौद्धबाट पक्राउ गर्न सक्ने नेपाल सरकार र कानुनले आज खुलमखुला कसैको छोरी,आमा र कसैको श्रीमती लाइ यसरी बलात्कार गर्छु भनेर चुनौती दिँदा वा दिइरहेको अवस्थामा महिला राष्ट्रपति,महिला सभापति र महिला प्रधान न्यायाधीश हुँदा हुँदै पनि हाम्रो देशमा यी यस्ता सञ्जाल दुरुपयोगिहरूलाई नेपाल सरकारले साइबर क्राइमको कानुनले बाँधेर कानुनको कठघरामा किन उभ्याउन सकेन ?
यो नसक्दा मैले भन्नू नै पर्ने हो त आँखा कान मुख भएर पनि आजीवन आँखामा पट्टि बाँधेर बस्ने हाम्रो देशको गान्धारी कानुन कसको गोजीमा वा आँखा मौन भई सुतेको नाटक गरि बसिरहेको छ आज किन यी यस्ता विकृति वाहक दुर्गन्धहरूलाई नेपालको साइबर कानुनले छुट दिएर राखेको छ।
क्षितिज पारिको देश इजरायल बाट शरिन ख्युङ्वा तामाङको प्रश्न सहितको दबाब नेपाल सरकारलाई दिएको हाम्रा सम्बादाता उद्धब मगरले बताएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend