logo
  • शुक्रबार, असोज ९ २०८३

अरु पार्टी पर्खेर नबस्नुस : नेता बिष्ट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल गुल्मी, चैत्र २६।
देश विकास र समृद्धिका लागि अरु पार्टीको आश गरेर नबस्ने एमाले सचिव गोर्कण विष्टले सवैलाई आग्रह गरेका छ । देशको रक्षा र आर्थिक समृद्धि सहितको अभियानमा नेकपा एमाले लागेकाले आफ्नो पार्टीसंग हातेमालो गर्न सवै मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

चुनावी अभियानको १० औ दिन नेटा, दर्लिङ्ग र पौदीअमराईका सभाहरुलाई संबोधन गर्दै नेता बिष्टले विकास र पार्टी प्रवेशको लहर संगसंगै भएकाले अरु पार्टीको आशमा बस्नुनपर्ने बताउनुभयो । सांसद बिष्टले केन्द्रका केहि गतिविधीले बैशाख ३१ मा चुनाव हुादैन भन्ने आशंका त्याग्न कार्यक्रर्तालाई आग्रह गर्नुभयो । थुप्रै शक्तिहरु चुनाव र एमाले बिरुद्धमा सल्बलाइरहेको भएपनि जनताले अव कुनै तागतले चुनाव रोक्न नसक्ने बताउनुभयो ।

एमाले नेता कमलराज श्रेष्टले पछिल्लो समय एमालेमा थुप्र नेता कार्यकर्ता प्रवेश गरिरहेकाले पहिलो शक्ति बन्ने डरले केहि पार्टीले अत्तालिएर मोर्चाबन्दी गरेको आरोप लगाउनुभयो । देशको राष्ट्रिय स्वाधिनताका पक्षमा एमालेले धेरै जोखिम मोलेकाले पनि जनताहरु आफ्नो पार्टीमा आउन चाहिराखेको बताउनुभयो । त्यस्तै एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटाले देश परिर्वतन गर्ने जिम्मेवारी एमालेको कााधमा आएको भन्दै स्थानीय तहको निर्वाचनमा एमालेको नीति जनता माझ लिएर घरदैलो अभियानमा आएको बताउनुभयो ।

स्थानीय तहको चुनावलाई लक्षित गरेर १० दिने अभियानका लागी जिल्ला आएका सचिव बिष्टले विभिन्न ठाउाका आमसभाको संबोधन गर्दै घरदैलो अभियान संचालन गरीरहेका छन् । भोली पौदी अमराईको अरेवा र मुसिकोट नगरपालिकाको वामीमा बिशाल युवा भेला हुादैछ ।

त्यस्तै बाग्लुङ्गको खर्वाङमा पनि पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रेस चौतारीका जिल्ला अध्यक्ष शिव सुवेदीले बताउनुभयो । कार्यक्रममा एमाले नेता खडग केशी, रित बहादुर थापा, ओम कार्की लगायतको पनि सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend