साझा नेटवर्क
प्रेम सुनार गुल्मी,चैत्र २५।
स्थानिय तहको निर्वाचनमा गुल्मीमा महिला उमेदवारीको खडेरी भन्ने समाचार आई रहादा विभिन्न वडा,गाउापालिका र नगरपालिकाहरुमा विभिन्न राजनैतिक दलबाट एकसेएक महिला उमेदवारका आकंक्षीहरु देखा परेका छन् ।
रेसुङ्गा नगरपालिका
नेपाली कांग्रेस श्रोतका अनुसार रेसुङ्गा नगरपालिकामा वडा अध्यक्ष देखि मेयर सम्मको उमेदवारीको हैसियत बनाएका महिलाहरुमा अमृतादेवि कुावर ,राधा पन्थी ,अम्वीका श्रेष्ठ ,गंगा पाण्डे लगायत रहेका छन् ।नेकपा एमालेबाट पनि त्यति नै हैसियत बनाएका र वडा अध्यक्ष देखि मेयर सम्मको दावि गर्ने ललिता गौतम , हिरा कुावर, सिता भण्डारी लगायत रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट गीता रिजाल थापा ,कमला पुन मेयर ,उप मेयर सम्मको हैसियत राख्ने महिलाहरु हुन् ।
त्यस्तै सोही पार्टीबाट, रिता चुादरा ,ममता माहकिम,सिता बिश्वकर्मा,कमला परियार,ज्ञानु सुनार र रिमा नेपाली ,गोमा धुरेल ,गोमा तङनामी ,ईन्द्र श्रेष्ठ र सावित्रा पाण्डे वडा अध्यक्ष सम्मको दावेदारी हैसियत बनाएका महिलाहरु भएको माओवादी केन्द्र रेसुङ्गा नगरकमिटी अध्यक्ष अशोक थापाले बताए ।
मुसिकोट नगरपालिका
नेपाली कांग्रेसबाट मेयर पदकै सम्भावित उमेदवारका रुपमा विष्णुकुमारी सापकोटाको चर्चा छ । त्यस्तै सो पार्टीबाट मुसिकोट नगरपालिकोको वडा अध्यक्ष देखि उप मेयर सम्मको आकंक्षीका रुपमा अनिषा केसी र कल्पना घिमिरे लगायतलाई लिने गरिएको छ ।
त्यस्तै नेकपा एमालेबाट मुसिकोट नगरपालिकाको मेयर सम्मको उमेदवारीको हैसियतमा कमला शर्मा ,सिता भुसाल, प्रतिमा केसी लगायतका नेतृहरु रहेको पार्टी श्रोतले जनाएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुसिकोट नगरपालिकामा वडा अध्यक्ष देखि मेयर सम्मको उमेदवारीको हैसियत बनाएका महिलाहरुमा सावित्रा खरेल, कमला कार्की , चन्द्रा थापा , कमला पाठक , निरा सुनार,विन्दु सापकोटा,कोपिला महत,भिमकुमारी नेपाली लगायतका नेतृहरु रहेका छन् ।
ईस्मा गाउापालिका
ईस्मा गाउापालिकाको वडा अध्यक्ष देखि गाउापालिका प्रमुख सम्मको उमेदवारीको हैसियतमा पुगेका नेतृहरुमा राधा रिजाल, गिता घिमिरे, उषा केसी र कमला कुावर रहेका छन् । सो पालिकामा एमालेबाट विमाल खत्री र सिता रिजाल त्यही हैसियतका महिलाहरु रहेको जनाईएको छ ।माओवादी केन्द्रबाट विमला थापा वडा अध्यक्ष देखि गाउा उपप्रमुख सम्मको हैसियतमा रहेको जनाईएको छ ।
मालिका गाउापालिका
कांग्रेसबाटै मालिका गाउापालिकाको मेयर सम्मको हैसियतमा पुगेका महिलाहरुमा सिता अर्याल, हेमन्ता अर्याल र अनिषा अर्याल लगायत रहेका छन् । नेकपा एमालेबाट सो गाउापालिकाको मेयर सम्मको उमेदवारीको दावि गर्ने हैसियतमा रहेका महिलाहरुमा रनमाया पुन ,गगनशिला खड्का, सरस्वती गिरी,सावित्रा अर्याल लगायत छन् ।
नेकपा माओवादी केन्द्रबाट मालिका गाउापालिका प्रमख उपप्रमुख सम्मको दावी गर्ने हैसियतमा घमिरकी चन्द्रमा लम्साल, ह्वाङदीकी उषा बुढा ,अर्खबाङ्गकी सिता भट्राई र दर्लिङ्गकी ज्योति सुनार र गोमा घर्ति रहेको सो पार्टीले जनाएको छ । माओवादी केन्द्रबाट सोही गाउा पालिकाको विभिन्न वडाको अध्यक्ष सम्म दावी गर्ने हैसियतमा ह्वाङ्गदीकी शोभा थापा,दर्लिङ्गकी हिरा बिक, घमिरकी उमा कार्की ,छापाहिले कि किमा बिक रहेको सो पार्टीका त्यस भेगका ईन्चार्ज अर्जुन बुढा मगरले बताए ।
धुर्कोट गाउापालिका
,धुर्कोट गाउापालिकामा नेपाली कांग्रेसबाट मिना जिसी ,जानकी भण्डारी लगायतका महिलाहरु गाउा प्रमुख सम्मको हैसियतमा छन् । सोही गाउापालिकामा एमालेको तर्फबाट वसुन्धारा भण्डारी र कमला विश्वकर्मामा गाउा प्रमुख सम्मको दावेदारी गर्न सक्ने नेतृहरु हुन् ।नेकपा माओवादी केन्द्रको तर्फबाट कमला घर्ति,विनिता पोखरेल मेयर उपमेयर सम्मको दावि गर्ने नेतृहरु हुन् ।
त्यस्तै सोही पार्टीबाट वडा अध्यक्ष सम्मको दावि गर्नेहरुमा जैसीथोककी तारा खनाल,हाडहाडेकी भिमकला कुावर, वस्तुकी सिता बिक,धुर्कोटकी पेउली कुावर नयाागाउाकी सावित्रा घर्ति,तेजकुमारी थापा, मना घर्ति र रञ्जु खत्री रहेको जनाईएको छ ।
मदाने गाउापालिकामा
मदाने गाउापालिकामा नेपाली कांग्रेसबाट सुशिला भुसाल,ईश्वरादेवि कुावर, विष्णु कुावर गाउापालिका प्रमुख, उपप्रमुख सम्मको हैसियत बनाएका नेतृहरु हुन् । सो पालिकामा एमालेबाट शरिता खड्का गाउा प्रमुख सम्मको हैसियतमा रहेको सोही पार्टीले जनाएको छ ।
नेकपा माओवादी केन्द्रबाट मालिका गाउापालिकामा उमा बिक,भनभनेकी रामकुमारी घर्ति र म्यालपोखरीकी कमला भट्राई मेयर उपमेयर सम्मको दावि गर्ने हैसियतका महिलाहरु हुन् ।उमा बिक जिल्ला पार्टीकै उपाध्यक्ष भई सकेकी महिला समेत रहेको सो पार्टीका जिल्ला सह ईन्चार्ज सुर्दशन बरालले बताए ।
गुल्मी दरवार गाउापालिकामा
यता गुल्मी दरवार गाउापालिकामा नेपाली कांग्रेसबाट भने नेतृ धेरै रहेको भन्दै सिमित केहि महिलाहरुको मात्रै नाम दिन नसकीने त्यहााको कांग्रेसले बतायो । एमालेले भने त्यहाा राधा अर्याल गाउापालिका प्रमुख सम्मको हैसियत भएको जनायो ।माओवादी केन्द्रबाट गुल्मी दरवार गाउापालिकामा उप मेयर देखि वडा अध्यक्ष सम्मको दावि गर्ने महिलाहरुमा सिता सर्तुङ्गे, उषा रायमाझी,लक्षिमा सुनार ,सावित्री ज्ञवाली रहेको सो पार्टीले जनाएको छ ।
छत्रकोट गाउापालिकामा
छत्रकोट गाउापालिकामा कांग्रेसबाट भगवाती भण्डारी,धना भण्डारी र जमुना न्यौपाने गाउा पालिका प्रमुख सम्मको हैसियतमा रहेका महिलाहरु हुन। एमालेबाट पनि त्यस्तै हैसियत भएका महिलाहरुमा पर्छन् नर्मदा भण्डारी र शारदा भण्डारी । नेकपा माओवादी केन्द्राट छत्रकोट गाउा पालिकामा तारा थापा उप प्रमुख सम्मको र गिता थापा, सरस्वती पौड्याल वडा अध्यक्ष सम्मको हैसियतमा रहेको सो पार्टीले जनाएको छ ।
रुरु गाउापालिका
रुरु गाउापालिकामा कांग्रेसको तर्फबाट निर्मला पाण्डे, सकुन्तला पाण्डे र पम्फा डंगोल गाउा प्रमुख सम्मको उमेदवारी दिने हैसियतका नेतृहरु हुन् । एमालेबाट लक्ष्मी पन्त,तुल्सी श्रेष्ठ र शारदा गौतम गाउा पालिका प्रमुख सम्मको उमेदवारी दिन सक्ने नेतृहरु हुन् । नेकपा मओवादीबाट त्यस पालिकामा सुचना ठडराई ( दलित महिला )गाउापालिका प्रमुख सम्मको हैसियत राख्ने नेतृ हुन् ।
त्यस्तै रुरुकी कमला बिक, सरस्वती घर्ति मगर, वलेटक्सारकी निर्मला श्रेष्ठ, लक्ष्मी पौड्याल वडा अध्यक्ष सम्मको हैसियतमा रहेको सो पार्टीबाट रुरु गाउापालिकाको सम्भावित गाउा प्रमुखका उमेदवार यदु ज्ञवालीले बताए ।
कालिगण्डकी गाउा पालिकामा
कालिगण्डकी गाउा पालिकामा कांग्रेसबाट कांग्रेसबाट मिना राना र देवि पुन मेयर उप मेयर सम्मको हैसियत रहेका नेतृहरु हुन् । एमालेबाट सो पालिकामा भागीरथी प्रधान, चन्द्रा पराजुली लगायतका महिला गाउा प्रमुख सम्मको उमेदवारी दिने हैसियतका महिलाहरु हुन् । नेकपा माओवादी केन्द्रबाट अमृता न्यौपाने र मञ्जु दर्लामी र देवि शर्मा गाउापालिका प्रमुख उपप्रमुख सम्मको हैसियतमा रहेका महिलाहरु भएको त्यस पार्टीका संगठन विभाग प्रमुख युवराज केसीले बताए ।
सत्वती गाउापालिकामा
त्यस्तै सत्वती गाउापालिकामा कांग्रेसबाट तुल्सा भुसाल, सिता केसी र एमालेबाट सुवर्ण शाही ,शोभा भण्डारी ,लक्ष्मी न्यौपाने निरु तरामु , कल्पना तरामु गाउा प्रमुख सम्मको दावा गर्न सक्ने महिलाहरु हुन् । माओवादी केन्द्रबाट टोपला थापा रमा राहडी प्रमुख उपप्रमुख सम्मको हैसियत पार्टीमा बनाएका महिलाहरु हुन् ।
चन्द्रकोट गाउापालिका
चन्द्रकोट गाउापालिकामा भने नेकपा माओवादी केन्द्रका माथील्लो हैसियत भएका नेतृहरु धेरै देखिएका छन् । सुमित्रा क्षेत्री सापकोटा, लिला थापा वराल , उर्मिला श्रीस ,सुशिला पुन, सुमित्रा पुन गाउाप्रमुख सम्मको हैसियत भएका नेतृहरु भएको सो पार्टीले जनाएको छ ।
सो पालिकामा कांग्रेसबाट गिता थापा , एमालेबाट राधीका अर्याल,कमला अर्याल र आशा गौतम प्रमुख उपप्रमुख सम्मको हैसियत भएको नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाले बताए । .
तिन पार्टीमा जातिगत स्थान
माथी उल्लेखि नेतृहरुको नाम तिन प्रमुख दलले दिई रहादा नेपाली कांग्रेसबाट त्यस्तो हैसियतको नेतृत्वमा पुगेका एक जना पनि दलित महिलाहरुको नाम सो पार्टी श्रोतले दिएन् । सो पार्टीबाट कुल २७ जना महिला नेतृको नाम नेताहरुले सरसरी टिपाई रहादा १६ जना व्राम्हण महिला ,८ जना क्षेत्री र ३ जना जनजाती महिलाहरु रहेका छन भने दलित महिला एक जना पनि परेनन् ।
नेकपा एमालेबाट टिपाईएको सम्भावित महिला उमेदवार वा आंकक्षी महिलाहरुको कुल संख्या ३१ मध्ये १७ जना व्राम्हण समुदायका महिला छन् । ६ जना क्षेत्री र ७ जना जनजाती,दलित महिला जम्मा एक जना मात्रै छन् ।माओवादी केन्द्रले टिपाएको ४० जना महिला मध्ये व्राम्हण,जनजाती र दलित महिलाहरुको संख्या वरावरी रहेको छ ।
माओवादी केन्द्रले आफ्ना सम्भावित उमेदरवार या दावि गर्न सक्ने हैसियतका व्राम्हण महिलाहरु ११ जना,क्षेत्री समुदायका महिलाहरु ७ जना, जनजाती र दलित समुदायका महिलाहरु ११ / ११ जना रहेका छन् ।
नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव खिलध्वज पन्थी सहित तिन वटै दलहरुले माथी उल्लेखित कुनै पनि महिला नेतृहरुलाई उमेदवारका रुपमा आधिकारिक निर्णय नगरेको र आकांक्षी महिलाहरुको संख्यो त्यो भन्दा कैयौं गुना बढि हुने जनाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend