logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा महिला मतदाता बढी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री गुल्मी,चैत २४ ।
गुल्मीमा कुल मतदाता मध्ये महिला मतदाता संख्य वढी रहेको छ । पुरुष मतदाता भन्दा ८ हजार भन्दा वढी महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख गणेश बहादुर खत्रीले जानकारी दिए । कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्ग रहेका छन् ।

जिल्लामा १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्य रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउापालिकामा उक्त मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।जिल्लामा सबैभन्दा बढी मतदाता भएको स्थानीय तहमा मुसिकोट नगरपालिका १९ हजार ४सय ८५रहेका छन् भने सबैभन्दा कम मतदाता भएको स्थानीय तहमा कालिगण्डकी गाउापालिका १२ हजार ६ सय ३४ रहेको छ।

जिल्लामा सबैभन्दा बढी मतदाता संख्या भएको वडा छत्रकोट गाउापालिका वडा नं ३ हर्दिनेटा ३३ सय २७ रहेको छ भने सबैभन्दा कम मतदाता संख्या भएको वडामा रेसुङ्गा नगरपालिका वडा नं १३ दुविचौर ६ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए । जिल्लामा पुरुष भन्दा महिला मतदाता वढी हुनुमा अधिकांश युवाहरु रोजगारीको शिलसिलामा बिदेसमा रहेकाले महिला वढी भएको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend