साझा नेटवर्क
प्रेम सुनार गुल्मी,चैत्र २४ ।
केहि दिन अघि अनेरास्ववियुमा प्रवेश गरेको भनिएकी रेसुङ्गा वहुमुखी क्याम्पसकी विद्यार्थाी सुनिता सुनारले आफु अन्या संगठनमा प्रवेश नगरेको बताउँदै आफ्नो संगठन अनेरास्ववियु क्रान्तिकारी मै रहेको विज्ञप्ती मार्फत जानकारी दिएकी छिन्।
सोमवार माउ पार्टी नेकपा माओवादी केन्द्र गुल्मीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले विज्ञप्ती सार्वजानिक गर्दै यस्तो जानकारी गराएकी हुन् । उनले अगुवाई गरेर अन्य संगठनबाट समेत एक दर्जन भन्दा बढि विद्यार्थी अनेरास्ववीयु क्रान्तिकारीमा प्रवेश समेत गराएकी छिन् ।
नव प्रवेशीहरुलाई माओवादी केन्द्र गुल्मीका सह संयोजक युवराज केसी, बुद्धि जिसी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञावाली लगायतका नेताहरुले अविर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend