logo
  • शनिबार, असोज १० २०८३

गुल्मीका दुई वटै नगरपालिका प्रमुखहरुबाट कार्यभार सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी ,चैत्र २४।
स्थानिय तह कार्यन्वयन गरे लगत्तै सरकारले स्थानिय निकायका कार्यकारी प्रमुखहरुलाई आ–आफ्नो कार्य क्षेत्रमा खटाएको छ। जिल्लाका १० वटै गाउँपालिकामा यस कार्यकारी प्रमुखहरु आई सकेका थिए । तर यहाँका दुई नगरपालिकामा भने कार्यकारी प्रमुखहरुले हिजो देखि कार्यभार सम्हालेका छन् ।

रेसुङ्गा नगरपालिकामा उपसचिव तहका रमेश गौतम र मुसिकोट नगरपालिकामा पनि त्यही तहका मुसीकोट घनश्याम न्यौपानेले कार्यभार सम्हालेका हुन् । रेसुङ्गा नगरपालिकाका यस अघिका कार्यकारी प्रमुख वावुराम पल्ली कालिगण्डकी गाउँ पालिकामा सरुवा भएका छन् । उनलाई एक समारोहका विच विदाई गरेर पठाईको छ भने नयाँ कार्यकारी प्रमुख गौतमलाई भव्य स्वागत गरिएको छ ।

यस अघिका प्रमुख पल्लीले निकै राम्रो काम गरेको त्यस कार्यालयका नायव सुव्वा गोपाल प्रसाद पन्थी बताए । सो नगरपालिकाले कार्यकारी प्रमुख संग पत्रकार भेटघाट कार्यक्रम समेत राखेको थियो । त्यस्तै मुसिकोट नगरपालिका प्रमुखको स्वागतका लागि भने वामीटक्सारमा भव्य स्वागत कार्यक्रम राखिएको त्यहाँबाट सहकर्मी अनिष गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend