साझा नेटवर्क
अनिश शर्मा गैरे,गुल्मी चैत्र २२।
मुसीकोट नगरपालीका ८ वामी मैदानमा रहेको वामीकोटमा बलि सहित भब्य पुजा आजा भएको छ । तत्कालीन अन्तिम राजा भुपाल सिँहले राज्य गर्दै आएको मुसीकोट राज्यमा उनको पालादेखी पुजाअजा शुरु भएको इतिहास अनुसार कोत मन्दिरमा हरेक बर्षको दुइ पटक भब्य पुजा आजा हुने गरेको छ ।
बि.संस १७८६ बाट मन्दिरमा पुजा आज हुन शुरु भएको खड्कनिशाना पुजा ब्यबस्थापन समितिका सचिब नारायण सापकोटाले जानकारी दिनुभयो । मन्दिरमा बोका, पाडा, राँगा, कुखुरा, परेवा, भेँडा, कुबिण्डा लगायतको बलि सहित पुजा आजा भएको जानकारी दिनुभयो । आजको पुजाआजा कार्यक्रममा ३१ ओटा पाठा तथा १७ ओटा पाडाको बलि दिइएको छ । उहाका अनुसार बिहान ११ बजेबाट पुजाआजा सुरु भएको थियो । पुजाआजा सम्पन्न गर्नको लागि ब्राह्मण भिमलाल घिमिरे मुख्य पुजारीको रुपमा हुनुहुन्छ भने २ जना क्षेत्री, १ जना जैशी र २ जना ब्राह्मणले पुजाआजा तथा मार हानेका थिए ।
उक्त मन्दिरमा पुजा आजा गर्दा मनको आकाँक्षा पुरा हुने धार्मिक बिश्वास रहिआएको छ । अझ बिदेश जानेहरुले मुख्य रुपमा भाकल गर्ने गरेको पुजा ब्यबस्थापन समितिका सचिब सापकोटाले जानकारी दिनुभयो । मन्दिरमा पुजाआजा तथा बलि चढाउनका लागि मुसीकोट नगरपालीका देखी लिएर बाग्लुङ्गको रीघा र दगातुम्डाडाबाट समेत स्थानीयहरु आउने गरेका छन । सो मन्दिरमा हरेक बर्षका दुइ दशैँ हरुमा मुख्य रुपमा भब्य पुजाआजा हुने गरेको छ । आज चैते दशैको अवसरमा बसेको पुजा ब्यबस्थापन समिकिो बैठकले मन्दिरको थप ब्यबस्थापन गरी आधुनिक किसीमको मन्दिर बनाउनको लागि पहल गर्ने जनाएको छ ।
पुजा ब्यबस्थापन समितिका सचिब नारायण सापकोटाले दिएको जानकारी अनुसार रेलिँग सहितको मन्दिर बनाउनको लागि पहल गरिने र त्यसको लागि सबै सँग सहयोगको आग्ह गरिने जनाएइको छ । यसैबिच आजको पुजाआजाको लागि उपस्थितहरुलाइ वामी सेवा समिति जापानका केही पदाधिकारीहरुले जलपानको ब्यबस्थापन गरेका छन । समितिका पुर्व कोषाध्यक्ष बिष्णु प्रसाद सापकोटा तथा हालको सचिब गोकुल खत्रीकोको संयोजनमा उपस्थित दर्शनार्थीहरुलाइ जलपानको ब्यबस्था गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend