logo
  • शनिबार, भाद्र २० २०८३

हातेमालो नेपाली समूहले नव वर्ष २०७४ साँस्कृतिक कार्यक्रम मनाउने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हिम सिखर ,नयाँ दिल्ली ।
बाँडेर खुशी,उत्साह र हर्ष – आऔं,सँगै नाचौ,मनाऔं नव वर्ष भन्ने उद्घोष सहित हातेमालो नेपाली समूहले लब्लि पब्लिक स्कुलको प्राङ्गण,लक्ष्मीनगरमा नेपाली साँस्कृतिक कार्यक्रम सहित नव वर्ष २०७४ मनाउने भएको छ।यही आउँदो आईतबारको दिन नेपाली नव वर्षलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागिएको हो। अप्रिल ९ गतेको दिन दिल्ली लक्ष्मीनगर स्थित लब्लि पब्लिक स्कुलको प्राङ्गणमा हुन लागेको उक्त कार्यक्रममा दार्जिलिंगको ख्याति प्राप्त ब्याण्ड मन्त्र ब्याण्ड, सिओडी ब्याण्डका गायक बिधान प्रधानको साँस्कृतिक प्रस्तुति रहने छ।

त्यसै गरि नेपाली संस्कृतिलाई उजागर गर्न नेपाली लोक दोहोरी क्षेत्रका ख्याति प्राप्त गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको समेत उपस्थिति रहने जानकारी संस्थाका उपाध्यक्ष जगदीश्वर थापाले सिए सरोकारलाई जानकारी दिए। यसका साथ साथै भारतमामा रहेका स्थानीय नेपाली कलाकारको पनि उक्त दिन प्रस्तुति रहेको छ। कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समुहले नयाँ वर्ष २०७४ को क्यालेण्डर समेत विमोचन गर्ने भएको छ।

कार्यक्रम भब्य र सभ्य बनाउनको लागि संस्थाका सबै जना लागि परेको र नेपाली सिए विद्यार्थीहरु लगायत दिल्लीमा रहने सम्पुर्ण नेपालीहरुलाई मनोरञ्जनको लागि सबैले परिश्रम गरिरहेको संस्थाका अध्यक्ष सरोज सापकोटाले सिए सरोकारलाई जानकारी दिए। । हातेमालो नेपाली विद्यार्थी समुहले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ । गत बर्ष पनि समूहले नयाँ बर्षको अवसरमा दिल्लीमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend