साझा नेटवर्क
ध्रुब क्षेत्री,कतार ।
कतार लाइ कर्म थलो बनाइ कुनै न कुनै व्यवसाय तथा रोजगारी गर्दै कतारमा बसोबास गरेका नेपाली इस्लाम धर्मावलम्बीहरुको साझा सस्था नेपाली मुस्लिम समाज कतारले आफ्नो तेस्रो अधिबेशन दोहाको होलिडे भिल्ला होटेलको सभा हलमा भब्याता साथ सम्पन्न गरेको छ ।
राष्ट्रिय मुस्लिम गठबन्धनका केन्द्रिय संयोजक शमिम मिया अन्सारीको प्रमुख अतिथ्य र ब्यबस्थापिका संसदका मनानिया सांसद जाकिर हुसेन, नेपाली दूतावास कतारका कार्यबाहक महामहिम राजदुत मणिरत्न शर्माको विशेष अतिथ्यता तथा कतार ट्राफिक प्रहरीका बिभाग प्रतिनिधि, नयाँ शक्ती नेपालका अन्तिरिम संघिय परिसद सदस्य तथा कतारका संयोजक बि बि खराल, महम्मद हुसेन ,बुद्दिजिबी महम्मद मुक्तदा , मुमजान मिया , पिर महम्मद, इब्राहिम मिया , महमुद कार्की सहित विभिन्न बैचारिक सस्था लगाएर जिल्ला तथा जातीय संघ सस्थाका प्रतिनिधि ,पत्रकार ,बुद्दिजिबी लगाएतको उल्लेखनीय उपस्थिथि थियो।
उक्त कार्यक्रममा कतारको नयाँ कानुनलाइ रमजान अलिबाट नेपालीमा अनुबाद गरि पुस्तक बिमोचन गरिएको थियो भने, पुस्तकको प्रकाशक नेपाली मुस्लिम समाज कतार रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै निर्वाचन कमिटिका ससंयोजक महम्मद हुसेन खानले आफुहरुले छोटो समयाको तयारिमा विभिन्न चुनैतिका साथ माहधिबेशन सम्पन्न गर्न सफल भएको बताउनु भयो भने, अधिबेसन आयोजक कमिटिका संयोजक यासिन मामा र मुस्लिम समाज कतारका अग्रज बुद्दिजिबी महमद मुक्तदाले अधिबेशन आयोजक कमिटीका सम्पुर्ण बिभागिय सदस्यहरु , प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सहयोग गर्नु हुने सम्पुर्ण बुद्धिजिबी ,ब्यापारीहरु र तमाम कतार बासि नेपालिहरुलाइ सहयोगको लागि धन्याबाद बेक्त गर्नु भएको थियो । 
अधिबेसनको बन्दसत्रबाट इन्जिनियर महम्मद अयुब हक सर्व सहमत निर्बाचित हुनु भएर्को छ भने, उपाध्यक्षहरुमा क्रमश इस्माइल पन्त ,अब्दुल गफुर ,मौलाना खालिद र महासचिवमा हजरत अलि मुस्लमान ,प्रबक्तामा मेहताब आलम,कोषाध्यक्षमा शेख जिकरुल्लाह सहित १९ कार्य समिती बहुमतबाट निर्बाचित हुनु भएको छ। कार्यक्रममा विभिन्न विधामा समाजसेवाको रुपमा कतारमा क्रिया सिल बेक्तित्वहरु नयाँशक्ती नेपालका केन्द्रिय सदस्य तथा कतारका संयोजक बि बि खराल लागएतलाइ प्रमुख अतिथी शमिम अन्सारी ,बिशिस्ट अतिथीहरु सभासद जाकिर हुसेन , महामहिम का.वा.राजदुत श्री मणि रत्न शर्मा , अधिबेसनका निर्वतमान संरक्षक साकिर अलि , अधिबेशन आयोजक कमिटीका समयोजक यासिन मामा , अब्दुल हाफिज लगाएतले खादा र दोसल्ला वोडायेर सम्मान गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend