logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको बडिगाढ गाँउपालीका–५ मा नेपाली काँग्रेसको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे,गुल्मी चैत्र १९।
आगामी स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दे नेपाली काँग्रेस बडिगाढ गाउँपालीका वडा नम्बर ५ ले अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बडिगाढ गाँउपालीका का नेपाली काँग्रेसका संयोजक अर्जुन घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सदस्य सरस्वती आचार्य, पुर्व जिल्ला सदस्य हरिदत्त आचार्य लगायत नेपाली काँग्रेस सम्बद्ध ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमले अर्जुन प्रसाद खरेलको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समितिको गठन गरेको छ । जसको सहसंयोजकमा बिष्णु प्रसाद आचार्य रहनुभएको छ ।

कार्यक्रमले साविकका गाबिस भित्रका वडाहरुमा गइ निर्वाचन परिचालन समिति गठन गरि पार्टीलाइ आसन्न चुनावमा शसक्त रुपमा अगाडी लैजाने जनाइएको छ ।आज सम्म बिकास निर्माणका कामहरु नेपाली काँग्रेसले गरेको तर बिपक्षीहरुलाइ आफुहरुले गरेको भन्ने अपवाह जनतामा फैलाएको प्रति ध्यानाकर्षण भएको समेत कार्यक्रमले जनाएको छ ।कार्यक्रमले आगामी निर्वाचनमा शसक्त उम्मेवार उठाइ अगाडी बढ्नुपर्नेमा जोड दिएको छ ।

कार्यक्रमको सञ्चालन सचिब राजन प्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा साविकका वडाहरुका संयोजक तथा बिभिन्न सुभेच्छुक संस्थाहरुले वडाहरुमा संगठनको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।यसैबिच आइतबार अर्थात भोली नेपाली काँँग्रेसका जिल्ला तहका नेताहरुद्धारा काँग्रेसको बडिगाढ गाँउपालीका कार्यालयको उद्घाटन गर्ने निर्णय गरिएको छ । कार्यक्रममा बिभिन्न पार्टीहरु परित्याग गरी केही ब्यक्तिहरु काँग्रेसमा समेत प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend