logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठनको मुसीकोटको अध्यक्षमा  थापा 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे,गुल्मी चैत्र १९।
नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको आज मुसीकोट नगर अधिबेशन गरिएको छ । साविकको इलाका नम्बर ९ का संयोजक कृष्ण सुर्यबंशीको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक संगठनका जिल्ला अध्यक्ष रोहित भण्डारीको प्रमुख आतिथ्यता तथा नेकपा एमलेजिल्ला सचिब सोमनाथ सापकोटा, क्षेत्री सहसचिब प्रकाश काफ्ले, शिक्षक संगठनका जिल्ला अध्यक्ष ज्ञानहरी सापकोटा लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमले राम बहादुर थापाको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठनको मुसीकोट नगर कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा महाबिर बस्नेत, बिष्णु काफ्ले, मोहन बहादुर घर्ती, सचिबमा बुद्धिमणी खरेल, सहसचिब महलाल पौडेल, बिक्रम कार्की, कोषाध्यक्षमा बिमला लामीछाने तथा अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रमकै अवसरमा ५ सदस्यीय सल्लाहकार समितिको पनि गठन भएको छ । महेश जिसी संयोजक, गणेश गीरी सहसंयोजक रहने गरी समिती बनाइएको हो । सदस्यहरुमा सरिता कक्षपति, जनार्दन ज्ञावली, केशवराज घिमिरे रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend