logo
  • शनिबार, भाद्र २० २०८३

खोटांग सेवा समाज कतारको अध्यक्षमा खत्री


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिलीप पराजुली,कतार ।
दोहा कतारमा स्थापित नेपाली सस्थाहरु मध्य सबैभन्दा पुरानो सस्था खोटांग सेवा समाज कतारको नबौ साधारण सभा बाट अध्यक्षमा तिला बहादुर खत्री निर्बिरोध निर्बाचित भएका छन् । ३१ मार्च २०१७ का दिन दोहाको नज्मा स्थित अल नख्यान रेस्टुरेन्टको सभा हलमा सम्पन्न नबौ साधारण सभाले खत्रीलाई अध्यक्षमा निर्बाचित गरेको छ ।

नव निर्बाचित कार्यसमितिको प्रथम उपाध्यक्ष एकराज राई दितीय उपाध्यक्ष रुद्र प्रसाद आचार्य, महासचिब कैलास श्रेष्ठ , सचिब पबन श्रेष्ठ , कोषाध्यक्ष डिल्लीशेर खडका, सह कोषाध्यक्ष दिनेश कार्की रहेका छन भने सदस्यहरुमा बिज्ञान राई, जैबि राई चाम्लिंग, रबिन शेर्पा, बलराम आचार्य, महेश दाहाल, किशोर भट्टराई, टिका नारायण श्रेष्ठ, सन्तोष आले, सी एम पुरी, तोया खनाल, बलराम तामांग, जीवन कार्की, राम कुमार मगर, हुक्तराज राई रहेका छन् । निर्बिरोध निर्बाचित उक्त कार्यसमितिको निर्बाचन समितिमा संयोजक बिल गुरुङ र सदस्यहरु धिरज चाम्लिंग राई र चन्द्रशेर राई रहेका थिए ।

नेपाली सस्थाहरु मध्य सबैभन्दा पुरानो सस्था खोटांग सेवा समाजको स्थापना बि.स.२०५४ सालमा भएको थियो । सस्थाका अध्यक्ष प्रकाश गुरुंगको अध्यक्षतामा सम्पन्न नबौ साधारण सभामा गैह्र आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्य परिषदका गल्फ उप संयोजक उमेश अधिकारिको प्रमुख आथित्यता रहेको थियो । दोहामा स्थापित बिभिन्न राजनीतिक, सामाजिक, जातीय र धार्मिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई संचालन सस्थाका महासचिब रुद्र आचार्य गरेका थिए । ब्यानर अनावरण, दीप प्रज्वलन, रास्ट्रीय गान र मौन धारण संगै शुरु गरिएको उक्त कार्यक्रममा सस्थाको प्रथम उपाध्यक्ष तिला बहादुर क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए भने दितीय उपाध्यक्ष एकराज राइले खोटांग जिल्लाको चिनारी बारे प्रस्ट् पारेका थिए । जिल्लामा एम्बुलेन्स संचालन गर्नका उदेश्यहरु र सस्थामा अहिले सम्म उठेको सहयोग बारे सस्थाका सचिब कैलाश श्रेष्ठ प्रकाश परेका थिए ।

सस्थामा बिभिन्न हिसाबले सहयोग गएका र एम्बुलेन्स अभियानका ११८ सहयोगीलाई प्रसंशा पत्र, कदरपत्र, सम्मान पत्र र ताम्रापत्रले खादा तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि अधिकारीले आफु पनि खोटांगको भएको र खोटांग बासीहरुले यति ठुलो कार्य गरिरहदा निकै खुसि रहेको बताए । जिल्ला भित्र प्राय जसो गाविसमा सडक पुगी सकेको र जिल्ला बासिबाट नि यसरि सहयोग हुनु भनेको आफ्नु जन्म भुमि प्रतिको माया रहेको बताउदै आगामी दिनमा पनि यस्ता खालको सहयोग गर्ने आशा राखेको बताउदै सम्पूर्ण सहयोगी मन प्रति हार्दिक धन्यबाद प्रकट गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुङले सस्था संचालनमा आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यबाद दिदै यति धेरै खटी कार्यक्रम सफल पार्नु हुने सम्पूर्ण कार्य समितिका सदस्यहरु, सल्लाहकारहरु प्रति पनि आभार व्यक्त गरेका थिए । अध्यक्ष गुरुङले हिजोका दिनमा जसरि सस्थाले आफ्नु शिर झुक्न दिएको थिएन आउने दिनमा पनि यसले निरन्तरता पाउने कुरामा ढुक्क रहेको बताए । अन्त्यमा सम्पर्ण आमन्त्रित अतिथि गणहरु तथा खोटांग बासीहरुलाई धन्यबाद दिदै आउने कार्यसमितिलाई कार्यकाल सफलताको कामना सहित कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend