logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा सामाजिक परिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी चैत्र १९ ।
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण सम्पन्न भएको छ । धुर्कोट गाउँपालिका अन्र्तगत वडा नं ६ को धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं ३ को हाडहाडे स्वास्थ्य चौकीले प्रदान गरेको स्वास्थ्य सेवा, सुविधा संबन्धमा सामाजिक परिक्षण गरिएको हो । गा्रमीण साझेदारी विकास केन्द्र गुल्मीले सामाजिक परीक्षण कार्यक्रम संपन्न गरेको हो ।

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा संपन्न सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कमल अधिकारी, स्वास्थ्यकर्मी डिल्लीराज पराजुली वडा सचिव कुल प्रसाद भण्डारी, व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर नेपाली र पार्टी प्रतिनिधिहरुले नागरिकहरुले उठाएका जिज्ञाशा र गुनासाहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य केन्द्रको मासिक रुपमा नियमित अनुगमन गर्ने, ह(चबथ र खष्मभय ह(चबथ को व्यवस्थापन गर्न आवश्यक पहल गरिने, उयकतmयचतझ कक्ष निर्माण गर्न आवश्यक पहल गरिने, स्वास्थ्यकर्मीहरु कम भन्दा कम विदा बस्ने र नियमित गराइने, व्यवस्थापन समिति गठन पुर्ण समावेशी बनाइने, सर्बपक्षीय बैठक बसी स्वास्थ्य संस्थाको सेवाप्रवाहको अवस्थाको लेखाजोखा गर्ने र सामाजिक परीक्षणमा उठेका विषयहरुलाइ सल्लाह र सुझावको रुपमा लिइ कार्यान्वयन गर्दे जाने जस्ता सार्वजनिक प्रतिवद्धताहरु जनाइएको थियो ।

त्यसैगरी वडा नं ३ को हाडहाडे स्वास्थ्य चौकीमा आयोजित सोही कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज बाबुराम पोखरेल, व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर बोहोरा, वडा सचिव गिरीप्रसाद श्रीष र पार्टी प्रतिनिधिहरुले जवाफदेहिवक्ताको रुपमा स्थानीय नागरिकले उठाएका जिज्ञाशा र सवालहरुको संबोधन गर्नुभएको थियो । सामाजिक परीक्षण कार्यक्रममा ४ पटक गर्भवती जाँच गराउने प्रसुति महिलाहरुको संख्या लक्ष्य भन्दा कम (५१%) रहेकोले सो संख्या बढाउन समुदायमा सचेतना बढाउनुपर्ने, स्वास्थ्य संस्थाको अनुगमन नियमित गराउने, दक्ष प्रसुतिकर्मीद्धारा २४ सै घण्टा प्रसुति सेवा दिने व्यवस्था मिलाइने, फोहर व्यवस्थापनको उचित प्रबन्ध मिलाउनुपर्ने, रिक्त दरबन्दीमा कर्मचारी व्यवस्था गरिदिन जिल्ला जनस्वास्थ्य कार्यालयलाइ ताकेता गर्ने, स्वास्थ्यकर्मी हरुलाइ सेवा प्रवाहमा संवेदनशिल र नियमित हुदै जिम्मेवार भएर काम गर्ने वातावरण मिलाउने, प्रसुतिकक्ष सुधार गर्ने र अभाव भएका निशुल्क औषधीहरुको व्यवस्था मिलाउन संबन्धित निकायमा अनुरोध गर्ने जस्ता साझा सार्वजनिक प्रतिवद्धताहरु जाहेर गरिएको थियो ।

साथै स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा सुविधा संबन्धमा उठेका गुनासाहरु र आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर बृद्धि गरी विपन्न, दलित, जनजाती र बंचितिकरणमा रहेका जनतालाइ सेवाको पहुँचमा ल्याउन आवश्यक प्रयत्न गर्ने विषयमा दोहोरो संबाद मार्फत खुल्ला छलफल र अन्र्तक्रिया गरिएको थियो । दुवै स्थानका स्वास्थ्य संस्थाहरुमा कुल २ सय ७५ जना स्थानीय समुदायका सेवाग्राही नागरिकहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोग र गा्रमीण साझेदारी विकास केन्द्र गुल्मीको आयोजनामा संपन्न भएको थियो । जसमा संस्थाका सामाजिक परीक्षक सहजकर्ता रामप्रसाद खनालको संचालन र सामाजिक परिचालकहरुले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend