logo
  • शनिबार, असोज १० २०८३

नेपाल पत्रकार महासंघ कतार शाखाको दोस्रो परिषद भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

उद्धव मगर,कतार ।
मार्च ३१ अर्थात हिजो शुक्रबारका दिन पत्रकार महासंघको दोस्रो परिषद भेला नेपाली रेष्टुरेण्ट आँगनमा सम्पन्न भएको छ ।

प्रवासमा आफ्नो डिउटी बाट बचेको समयलाई सदुपयोग गर्दै पत्रकार महासंघमा काम गर्ने सम्पूर्ण जुझारु पत्रकारहरुलाई गोलवन्द गर्ने लक्ष्य रहेको यस कार्यक्रममा अध्यक्षता गणेश प्रसाद बन्जाडे, प्रमुख अतिथि कुमार कार्की, विशेष अतिथि क्रान्ति सिंह रहेका थिए । अतिथि उपाध्यक्ष दिपक पूडासैनी,कोषाध्यक्ष घनश्याम पाराजुली, सल्लाहाकार करिम बक्स मिया पार्षद अतिथि भुवन सुनुवार र  सिताराम थापाको उपस्थित रहेको कार्यक्रममा संस्थाका सचिव नवराज वि.कको सञ्चालन रहेको थियो ।

कार्यक्रम ज्ञात अज्ञात सहितहरुप्रती एक मिनेट मौन धाराण पश्चात व्यानर अनावरण प्रमुख अतिथि कुमार कार्कीले गरेका थिए ।सो कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य घनश्याम पराजुलीले राख्दै विधिवतरुपमा कार्यक्रम अगाडी बढेको थियो । अन्तयममा यस कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको यसै संस्थाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend