साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ,अर्घाखाँची चैत्र १८।
नेकपा एमाले छत्रदेव गाउँपालिका संगठन कमिटिको आयोजनमा छत्रगंजमा छत्रदेव गाउँपालिका पार्टी कार्यालय उद्घाटन,कमिटिको घोषणा सभा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्य को प्रमुख आतिथ्यता ,जिल्ला कमिटी सचिबालय सदस्य भबिश्वर पान्डेको अध्यक्षतामा मंगलबार छत्रगन्जको पाटि कार्यालयमा सम्पन्न भयको छ।
उक्त कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि प्रेमराज मगर ,जयकला नेपाली , प्रेम ब। कुमाल, केशव सुनार र चुरामणी सुनार नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नु हुने ब्यक्तिहरु चिदिका बाट बसिरन मिया, इन्द्र ब. नेपाली ,अजविर मिया , युवराज ज्ञवाली, भवन खनाल लगाएतका ब्याक्तित्वहरुलाई फुलमाला र टिका लगाई प्रमुख अतिथि आचार्यले पार्टीमा स्वागत गनुभएको थियो । कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष आचार्यले देशैभरि स्थानीय निकायको निवार्चनमा एमालेको विजय सुनिश्चित रहेको र छत्रदेव गाउँपालीमा पनि सम्पुर्ण कार्यकर्ताहरुलाई एकताका साथ लागी लागि पर्न समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख भोज बहादुर गन्दर्भ, आर्थिक बिभाग सदस्य ऋषी अधिकारी, जिल्ला कमिटि सदस्य सम्भु पोख्रेल, संसुधिन मिया ,प्रदिभ नारायण शाह लगायतका नेता हरुले मन्तब्य दिनुभएको थियो । उक्त कार्यक्रममा गाउपालिकाको सम्योजक क.भबिस्वर पान्डे सम्योजक,क.कृष्ण भुसाल सचिव तेसैगरी साबिक गाउकमिटी,क्षेत्रीय कमिटीका अध्यक्ष ,उपाध्यक्ष ,सचिव र ससचिब पदेन सदस्य रहने गरि कमिटी निर्माण भयको हो ।कार्यक्रममा भविश्वर पाण्डेको संयोजकत्वमा ५०१ जनाको निर्वाचन प्रचार प्रचारक समिती गठन गरेको छ । कार्यक्रम धुर्व पाण्डेको स्वागत मनतब्य र कार्यक्रम संचालन कृष्ण भुसालले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend