साझा नेटवर्क
बुटवल,चैत्र १८।
नयां शक्ति पार्टी नेपालका अभियन्ता रुपन्देही सैनामैनाका नारायण महत र छवि घिमिरेलाई सो पार्टीले कारवाही गरेको छ । पार्टी काममा निस्कृय रहेको र पछिल्लो समय पार्टी हित विपरिताका काम गरेको भन्दै महत र घिमिरेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको नयां शक्ति पार्टी नेपालका रुपन्देही संयोजक देवेन्द्र पाण्डे सागरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा महत र घिमिरेले नयां शक्ति नेपालको स्थापनामा पुर्याएको योगदानको सम्मान गरिएको छ । यसैबीच नयां शक्ति पार्टी नेपाल सैनामैना नगर समितिको वैठक शुक्रबार बसेको छ । वैठकले तेजकुमार घिमिरेलाई नगर संयोजकको जिम्मेवारी दिनुका साथै यही चैत २३ गते सैनामैना नगर भेला गर्ने निर्णय गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend