साझा नेटवर्क
अनिल खत्री,गुल्मी चैत १८ ।
गुल्मी जिल्लाको स्काई एफ.एममा काम गर्दै गर्दा साँगितिक क्षेत्रमा प्रबेश गरेका तुलसिंह रनपछाईको पहिलो गितको भिडियो सार्वजनिक भएको छ ।

२०६७ सालमा बजारमा आएको ‘मायाँको शुरुवात कल्ले चलायो नामक एल्वमको गितको म्युजिक भिडियो हालै मात्र बजारमा आएको छ । मायाँ प्रेममा आधारित लोक दोहोरी गितमा तुलसिंह आफ्नै स्वर र गायिका मुना थापाको स्वर रहेको छ । गितमा टिकाराम खनालको शब्द लय सिता भण्डारीको रहेको छ । गितको म्युजिक भिडियोमा सफल र दिपासाले अभिनय गरेका छन् ।
बास्ताबिक मायालु जोडीले सुन्नु पर्ने यथार्थ परक गित रहेको गायक तथा सञ्चारकर्मी तुलसिंहले बताए । तुलसिंहका मायाँ प्रेममा आधारित नै गितहरु बजारमा आउने गरेका छन् । उनका हाल सम्म दुइ दर्जन गितहरु बजारमा आएका छन् भने हालै फेरि देबि धर्ति र आफनै आवाजमा सम्झनामा पागल हुने भए लोक दोहोरी गित आउने क्रममा रहेको बताए ।
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend