साझा नेटवर्क
ध्रुब क्षेत्री,कतार ।
सम्रिदी सम्भब छ हाम्रै पलामा हामीले नगरे कसले गर्नेू भन्ने नारामा निहित रही बिस्व भरि छरियएर बसेका नेपालिहरुलाइ संगठित गर्ने क्रममा नयाँ शक्ति नेपाल पाटिले हाल सम्म बिस्वका करिब ३८ रास्टमा आफ्नो संगठन निर्मार्ण गरि सकेको छ ।
नयाँ शक्ती पाटि ले सबै विदेश स्थित अन्तर्राष्ट्रिय सङ्गठनलाइ १ राज्या वा प्रदेश मानेको छ भने जम्मा-जम्मी नेपाल र विदेश सहित ८ परदेश हुने छ । पाटिले प्रदेश ८ मानेको प्रादेशिक कमिटिकि सदस्य तथा जापनकि चर्चित महिला समाजसेवि तथा नयाँ शक्ती पाटि नेपालको जापान स्थित भात्री संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानकि नेत्री सरिता ढकालले यहि जुन २५ मा हुन गइ रहेको नयाँ शक्ती नेपालको प्रबास कमिटी अन्तर्राष्ट्रिय नेपाली समाज जापनको प्रथम अधिबेशनमा आफु अध्यक्षको उम्मेद्बारी दिने बताउनु भएको छ ।
समाबेसी ,समानुपातिक र समुन्नत समाजबाद उन्मुख लोकतान्त्र मा ध्रिड रही नयाँशक्तिको अबको निकास आर्थिक बिकास भन्ने नीतिलाइ आत्म साथ् गर्दै हरेक क्षेत्रमा महिलाहरु लाइ समाबेसी सहितको प्रतिनिधित्व गराइनु पर्ने र महिला लाइ राजनीति देखी राज्यको हरेक सासकिया तह र तप्कामा समाबेस गराइनु पर्ने भन्दै महिला तथा लैङ्गकि हिंसा ,चेलीबेटी बेचबिखन देखी अन्या समस्यालाइ उर्जागत गर्दै अगाडि बढ्ने आफ्नो सिधाान्त र बिस्वाश रहेको तर यी सफलताका लागि सक्रिय राजनति र सङ्गठको नेत्रित्वामा पुगे मात्र आफुले अबलम्बन गरेको बिचार र सिदान्त लाइ प्रतिवादन गर्न सम्भब देखेको हुदा आगामी अधिबेसन मा आफुले अध्यक्ष पदमा उम्मेद्बारी दिने बताउनु भयो ।
जापनमा महिला हिंसा देखी महिलाहरुको क्षेत्रमा काम गर्दै आएकी उनि एन आर एन जापान कि सदस्य तथा साहित्य समाज जापनको सकृय सदस्य पनि हुनु। केहि दिन पहिले जापनमा नारी दिवसको आयोजना गरेकी उनले अब जापानमा नारी हिंसा देखी दुख पाएका नेपाली विद्यार्थी भाइ(बहिनीहरु लाइ लक्ष्ति पार्दै नयाँ किसिमले जापन सेवामुखी र चेतना मुलुक कार्यक्रम चलाउने बताउनु भएको थियो। नयाँ शक्ती जापनमा आफु महिला नेतृत्व बर्ग मा नै रहेकाले प्रत्येक्ष रुपमा चुनाब भएपनी आफुले जित्ने दाबी गर्दै जापनमा महिला नेतृत्व सहितको नयाँ जुझारु कार्यसमिति को निर्मार्ण आगामी अधिबेशन ले ल्याउने बिस्वाश गर्दै अबको जिवन जनताको सेवाको लागी प्रत्येक्ष राजनितीमा होमिएर बिताउने चाहना व्यक्त गर्नु भएको छ१
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend