logo
  • शुक्रबार, असोज ९ २०८३

हस्तिचौरमा काङग्रेस सचिव सहित ७६ जना एमालेमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी चैत्र १७ ।
नेपाली कांग्रेस हस्तिचौर गाउँ कार्यसमिति सचिव गोपाल कुवंर सहित विभिन्न पार्टी परित्याग गरि ७६ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको चुनावी अभियान अन्तरगत इस्मा गाउँपालिकाको हस्तिचौरमा भएको आम सभामा एमाले सचिव गोकर्ण बिष्टले प्रवेश गर्ने कुवंर सहितका सवै जनालाई स्वागत गरे । कार्यक्रमलाई संबोधन गर्दै नेता बिष्टले राष्ट्रियताका पक्षमा एमालेको झण्डा भित्र गोलबन्द हुने सवैलाई धन्यबाद व्यक्त गरे । साथै सोहि सभामा सांसद बिष्टले जिल्लाका थुप्रै स्थानमा बिकास निर्माण कार्यान्वयन भैरहेकाले गुणस्तरियता र प्रभावकारीताका पक्षमा खबरदारी गर्न सम्पुर्णलाई आग्रह गरे ।

सवै योजना सम्पन्न हुँदा जिल्लाको मुहार फेरिने भएकाले ढुक्कका साथ जनताहरु एमालेमा प्रवेश गर्ने क्रम जारी रहेको उनले बताए । हस्तिचौर वडा अध्यक्ष राममल्ल ठकुरीको अध्यक्षता रहेका कार्यक्रममा नेता बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एमाले नेताहर लक्ष्मण बिष्ट, नारायण पैयानी, अनेरास्वावियु जिल्ला संयोजक राजेन्द्र बिक्रम कुवंर, प्रेस चौतारी अध्यक्ष शिव सुवेदी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव नारायण कुवंरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend