साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी, चैत्र १७ ।
एमाले प्रतिको जनलहर देखेर अरु पार्टी अत्तालिएकाले धैर्यताका साथ मत सुरक्षित गर्न एमाले सचिव गोकर्ण बिष्टले कार्यक्रर्तालाई आग्रह गरेका छन् । नेकपा एमालेको चुनावी अभियानलाई मुसिकोट नगरपालिकाको वडागाउँमा संबोधन गर्दै नेता बिष्टले जनतामा आएको एमाले मोह प्रति केहि पार्टीले अत्तालिएर मोर्चाबन्दी गरेको आरोप लगाए ।
‘देशको राष्ट्रिय स्वाधिनताका पक्षमा एमालेले धेरै जोखिम मोलेको छ,’ बिष्टले भने,‘ त्यसैले मधेसवादी सहितका केहि पार्टीले एमाले बिरुद्धमा मोर्चाबन्दी गरिरहेका छन् ।’ पुर्व मन्त्री समेत रहेका बिष्टले मधेसको केहि भागमा बाहेक देशका धेरै भागमा चुनावी माहोल तातेकाले बैशाख ३१ मा कुनै पनि हालतमा चुनाव नरोकिने बताए । ‘अहिले देशको सम्मान र स्वतन्त्रतामा प्रहार भैरहेको छ,’ उनले भने,‘ मुलुकमाथि भैरहेको षड्यन्त्रका विरुद्ध एमाले लागिरहेको छ ।’
वडागाउँमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने साढे तीन सय जनालाई स्वागत गर्दै देश परिर्वतन गर्ने जिम्मेवारी एमालेको काँधमा आएको भन्दै उनले स्थानीय तहको निर्वाचनमा एमालेको नीति जनता माझ लिएर जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तहको चुनावलाई लक्षित गरेर १० दिने अभियानका लागी जिल्ला आएका सचिव बिष्टले विभिन्न ठाउँका आमसभाको संबोधन गर्ने कार्यक्रम रहेको छ ।
साविकको वडागाउँ गाउँकिमटीका अध्यक्ष दुर्गा सुर्यवंशीको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रिय सचिव बिष्ट, जिल्ला सचिव सोमनाथ सापकोटा, सचिवालय सदस्य हरि छन्तेल, जीवन खरेल, सदस्य कर्ण जिसी, प्रेस चौतारीका अध्यक्ष शिव सुवेदी, बिद्यार्थी नेता शोभाखर गिरी, गणेश पौडेल लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन रेसुङ्गा बहुमुखी क्याम्पसका स्बवियु सभापती श्रीराम महतको संचालनमा सम्पन्न भएको पत्रकार शिव सुवेदीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend