logo
  • शुक्रबार, असोज ९ २०८३

अनेरास्ववियु (क्रान्तिकारी)का बिद्यार्थी नेता पौडेल एमालेमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी चैत्र १६ ।
अनेरास्ववियु (क्रान्तिकारी)गुल्मीका जिल्ला सचिव गणेश पौडेल अनेरास्वावियुमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको बिद्यार्थी राजनितीमा सक्रिय पौडेललाई एमाले केन्द्रिय सचिव गोकर्ण बिष्टले मंगलबार एमाले पार्टी कार्यालयमा स्वागत गरेका छन् ।

अनेरास्वावियु तथा एमालेमा प्रवेश गर्नेहरुको जनलहर चलेकै बेला पौडेलको पार्टी प्रवेशले बिद्यार्थी संगठन थप मजबुत हुने नेता बिष्टले बताए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद बिष्टले स्ववियु चुनावमा अनेरास्वावियुलाई बिजयी बनाउने सवैलाई धन्यबाद समेत दिएका थिए । अनेरास्वावियुमा प्रवेश गर्ने बिद्यार्थी नेता पौडेलले अनेरास्ववियु मार्फत बिद्यार्थी आन्दोलनमा आफु सधै एक ढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एमाले सचिव बिष्ट सहित जिल्ला स्तरिय नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको अनेरास्वावियु गुलमीका संयोजक राजेन्द्र बिक्रम कुवंरले जानकारी दिए । केहि दिन अगाडी पनि वनभोज कार्यक्रममा नेवि संघ र अखिल क्रान्तिकारी परित्याग गरी दुई दर्जन बिद्यार्थी अनेरास्वावियुमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend