साझा नेटवर्क
विमल नेपाली,गुल्मी चैत्र १५ ।
सिवाईसी नेपालको लघुवित्त कार्यक्रम अन्तरगत खर्वाङ शाखाले आज मुसिकोट नगरपालिका वडा नम्बर १ पौदी अमराईमा वडास्तरीय योजना तर्जुमा गोष्ठि तथा सञ्जाल बैठक सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै सिवाईसी नेपालका इलाका प्रवन्धक शान्ति शर्माले सिवाईसीले विपन्न महिलाहरुलाई समेटी विगत १० वर्षदेखि यस ठाउमा वित्तिय सहायता दिएको बताउनुभएको छ । सिवाईसीले हाल एउटा वडामा ५० हजार बरावरको बेमौसमी विउ वितरण गरेको बताउदै उहाँले आगामी दिनमा पनि तालिम तथा सिप विकासको लागि बजेट विनियोजन गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सिवाईसीले हरेक क्षेत्रमा सहयोग पु¥याउदै कृषिमा, आर्थिक क्षेत्रमा, सामाजिक कार्यमा र विपतमा परेको समयमा राहत प्रदान गरी माईतीको व्यवहार वताएका थिए । कार्यक्रममा नरी गुरुङ, गंगा श्रेष्ठ, टिका घर्ति, कर्मचारी दयाराम थापा, सुवास नेपाली, शारदा राना लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमबाट नरी गुरुङ निर्देशक रहने गरी १९ सदस्यीय संजाल समितिको गठन गरेको छ ।
कार्यक्रममा विभिन्न १६ केन्द्रका १०० जनाको सहभागिता रहेको थियो । कर्मचारी विन्दू शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम कार्यक्रम निर्देशक विष्णु थापाको अध्यक्षता, इलाका प्रवन्धक शान्ति शर्माको प्रमुख आतिथ्यिता एवम कर्मचारी बेलु गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend