logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा लम्जुङेहरुको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

युबराज गुरुङ,कतार ।
“सुख दु:खमा साथ लमजुङ सेवा समाज” भन्ने मुल नारा बोकेर लमजुङ स्थायी घर भइ रोजगारीको सिलसिलामा दोहा कतारमा कार्यरत सम्पुर्ण लमजुङ्गेहरुको साझा सस्था लमजुङ सेवा समाज कतारले हिजो शुक्रवारका दिन  सनैया स्थित रोटाना होटलमा  सदस्यता विस्तार  तथा  आन्तरिक छलफलका लागि कतारमा कार्यरत  लमजुङेहरुको बृहत भेलाको आयोजना गरेको थियो ।

बिशेष गरि बिदेशमा कमाइएको रकमलाई कसरी बचत गर्न सकिन्छ भन्ने  छलफल गरिएको छ ।  सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठको सभापतित्वमा सन्चालन  भएको उक्त कार्यकममा  संरक्षक पुर्ण वहादुर पोखरिया,सल्लाहकारहरु  उमानाथ  कडारिया,सुशील खड्का तथा  कार्यसमितीका सम्पुर्ण पदाधिकारी एबम अन्य सदस्यहरु गरि  करिव ६० -७० जना लमजुङ्गेहरुको उपस्थिति रहेको थियो । नेपाली रास्ट्रगान र दिप प्रज्वलन सहित  कार्यक्रम सुरु गरिए लगतै संस्थाका द्वितीय उपाध्यक्ष नवराज नखोलाले कार्यक्रममा पाल्नु भएका सम्पुर्ण लमजुङ्गेहरुलाई  स्वागत गर्दै  स्वागत मन्तब्य  राख्नु भएको थियो भने मन्तब्यकै क्रममा उहाले हाम्रा  हरेक समस्याको हल समूह र समाजबाटै हुने भएकोले  सबैलाई सामुहिक रुपमा  एकीकृत हुन अपिल गर्नु भयो ।

कार्यक्रममा सस्थाका सचिव  तथा अनुशासन समिती संयोजक अर्जुन सेढाई र सुचना बिभाग संयोजक युबराज गुरुङले आफ्ना आफ्ना बिचार राख्नु भएको थियो भने सदस्यता बिस्तार समिती संयोजक शिव रसायाली र सदस्य बुद्धि सागर सुबर्णकारले  सस्थामा सदस्यता विस्तार सम्बन्धमा भइ रहेका गतिविधि बारे जानकारी गराउनु भएको थियो भने ।त्यस्तै गरि सस्थाका कोषाध्यक्ष विनोद प्रसाद वसौलाले संस्थाको आर्थिक अबस्थाको बारेमा उपस्थित सम्पुर्णलाई जानकारी गराउदै  दैनिक जीवनमा ब्यक्तिगत बचतका लागि केही उपयोगी सुझावहरु सुनाउनु भएको थियो भने  गाउँ गाउँमा युबा अभियानको आवस्यकता र युवाको महत्वपुर्ण भुमिकाका बारेमा सस्थाका सदस्य अरबिन्द चिलुवालले आफ्ना भनाइहरु राख्नु भएको थियो ।

उक्त दिनको कार्यक्रम संचालन गरिरहनु भएका सस्थाका महासचिव सिताराम थापाले  सस्था पुनर्गठन पश्चात हाल सम्म गरेका  गतिविधि र बचत समूहको नियमावलिलाई प्रोजेक्टरको माध्यमबाट प्रस्तुत गर्नु भएको थियो । साँस्कृतिक बिभाग संयोजक राज लोप्चन , महिला बिभाग संयोजक एबम लोक गायिका कमला गुरुङ ,लोक गायक लेख विलास विसुराल, मदन राज सेडाइ र नव प्रतिभा सस्कृतिक समुह कि निर्मलाको साङ्गितिक प्रस्तुतिले कार्यक्रम थप मनोरञ्जनात्मक बनाएको थियो  । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सस्थाका संरक्षक पुर्ण बहादुर पोखरिया र सल्लाहकार उमानाथ कडारिया तथा सुशील खड्काले परदेश  हामिलाइ सधैका लागि  नभै एक न एक दिन यहाँ बाट स्वदेश फर्किन पर्ने नै हुन्छ तसर्थ बिदेशमा सिकेका सीप र कमाइएको धनलाई अधिकतम रुपमा सदुपयोग गरि यहिबाट अहिले  नै केही रचनात्मक कार्यका लागि खर्चिन समेत सबैमा अनुरोध गर्नु भयो ।

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित  मोसु बचत समूह कतारका सम्योजक लोक बहादुर तामाङले बचत समूहले गर्न सक्ने महत्वपुर्ण काम र त्यसका उपलब्धीहरुका बारेमा उत्प्रेणात्मक शैलीमा आफ्ना अनुभवहरु सेयर गर्नु भएको थियो । समापन मन्तब्यको क्रममा  सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठले कुनै एक ब्यक्ती बिशेषका लागि सस्था स्थापना नगरिएको र यो सस्थाले कतारमा रहेका सम्पुर्ण लमजुङ्गेहरुलाई समेटेर कहि कतै दुखमा परेकाहरुको उद्वार गर्ने र सके आफ्नो जिल्लामा केही रचनात्मक कार्य गर्ने लक्ष्य रहेको बताउदै यसमा सबै लमजुङ्गेले चासो र सहयोग गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो । लमजुङ जिल्लाका विभिन्न गाउँ  शहर बाट हामी परदेश आएका छौँ । सबैका आफ्नै  ब्यक्तिगत समस्याहरु होलान  तथापी  समूहमा आवद्ध हुँदै  मिल्न सके साना देखि ठुला समस्याहरु समेत सबैको समाधान सहज रुपमा हुने बताउनु भयो ।

अन्तमा कार्यक्रममा उपस्थित जनाउन हुने सम्पुर्ण प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै महिनाको एक दिन मात्र भए पनि सस्थालाई समय दिन सके सस्थाले गर्ने गरिरहेका क्रियाकलापले अझै थप उचाइ लिने वहाँले जिकिर  गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend