logo
  • शनिबार, असोज १० २०८३

बुटवलमा एक युवतीको शव फेला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार,गुल्मी चैत्र १४ ।
वुटवलको गोलपार्क नजिकै वमघाट पानीट्याङकी भन्ने स्थानको जंगलमा अहिले केहि वेर अघि साँझ एक युवतीको शव फेला परेको छ । परिवारले शव नबुझे सम्म ति युवतीको शव वेवरिसे भए पनि केहि दिन अघि देखि हराएकी शिद्धार्थ गौतमबुद्ध क्याम्पसकी छात्रा मनिषा पोखरेलको शव हुनु सक्ने वुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए ।

रुपन्देही सेमलारकी पोखरेल चैत्र १० गते उक्त क्याम्पसमा परिक्षा दिन आए देखि वेपत्ता भए पछि उनका परिवारले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए । प्रहरी निरीक्षक पाण्डेले भने–‘परिवारले दिएको हुलिया संग शवको प्रकृति मिल्दो जुल्दोे रहेको छ । परिक्षा दिन घरबाट लगेको शैक्षिक सामग्री र लगाएको कपडा पनि मिल्छन । त्यसैले उनैको हो कि भनेर उनका परिवारलाई बोलाईएको छ ।

उनको उमेर २१ बर्ष रहेको र उनले शिद्धार्थ गौथमबुद्ध क्यामपस बुटवलमा विविएस प्रथम वर्षमा अध्यान गर्दै रहेकी थिईन । उनको शव रुखमा झुण्डीएको अवस्थामा फेला परे पनि स्थानियले मृत्यु घटना शंकास्पद भएको प्रतिकृया दिएको हाम्रा सहकर्मी कमल पुरीले जानकारी दिए । शव अहिले पोष्टमार्टमका लागि लुम्विनी अञ्चल अस्पतालमा लगिएको सहकर्मी पुरीले बताए ।
तस्वीरः मनिषा पोखरेल जस्तै देखिने ति युवतीको शव:

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend