साझा नेटवर्क
बिमल नेपाली,बाग्लुङ चैत्र १३।
जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाको वडा नं. ३ र ४ मा आज राष्ट्रिय जनमोर्चाको संयुक्त वडा भेला सम्पन्न भएको छ । भेलामा स्थानीय निकायको निर्वाचन लक्षित विषेश कार्यक्रमह? बनाएर अव तत्काल गाउँ गाउँमा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
यसैबीच भेलाले आगामी चैत्र १८ गते वडा नं. ३ मा र १९ गते वडा नं. ४ मा वडा स्तरीय स्थानीय अगुवा कार्यकर्ता, र समर्थक सहितको वृहत भेला आयोजना गर्ने र चुनावलाई आफ्नो पक्षमा पार्न थप योजना बनाएर टोलटोलमा आफ्ना गतिविधिलाई तीव्र पार्ने राष्ट्रिय निर्णय गरिएको जनमोर्चाका स्थानीय नेता रामबहादुर चन्दले बताउनुभएको छ ।
भेलाले स्थानीय वडाका उमेदवारह?को समेत टुँगो लगाउनु पर्नेभएकाले त्यस विषयमा समेत वडा स्तरीय भेलामा छलफल र निर्णय हुने चन्दको भनाई रहेको त्यहाँबाट हाम्रा सहकर्मी मिलन हमालले बताउनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend