logo
  • शनिबार, भाद्र २० २०८३

भोजपुर सेवा समाज कतारको अध्यक्षमा बस्नेत


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिलीप पराजुली, कतार  ।
भोजपुर सेवा समाज कतारको दोश्रो साधारण सभा बाट अध्यक्षमा गोपाल बस्नेत निर्बिरोध निर्बा्चित भएका छन् । गत २४ मार्च २०१७ का दिन दोहा भन्दा निकै टाढा रहेको अल दोसरी पार्कमा सम्पन्न दोश्रो साधारण सभाले बस्नेतलाई अध्यक्षमा निर्बा्चित गरेको छ । बस्नेत यस अघिको कार्यसमितिमा उपाध्यक्षको रुपमा कार्यरत थिए ।

नव निर्बा्चित कार्यसमितिको उपाध्यक्षमा क्रमशः सुमन तमोट, दिक्पाल राई, सचिब पर्बत कट्टेल, सह सचिब पंकज राई , कोषाध्यक्ष टेक बहादुर भण्डारी , सह कोषाध्यक्ष राम कुमार कोइराला रहेका छन । त्यसैगरि कार्यसमिति सदस्यहरुमा गणेश भुजेल, दिनेश पराजुली, अनिल कार्की, राम कुमार खड्का, श्याम थापा, प्रकाश राई, हेमराज अधिकारि, पर्शुराम बोहोरा, हरि कुमार घिमिरे, रेवन्त राम सुबेदी, हरि कुमार थापा र रमेश खड्का रहेका छन् भने उक्त निर्वाचन समितिका संयोजकमा श्री टेकनाथ बराल रहेका थिए भने सदस्यमा भवानी प्रसाद कोइराला र लोक बहादुर राई रहेका थिए ।

सन् २०१३ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरिरहेको भोजपुर सेवा समाज कतारले सस्थाका अध्यक्ष जय कुमार राईको अध्यक्षतामा दोश्रो साधारण सभा तथा बृहत बनभोज कार्यक्रमको आयोजना गरेको थियो, सो कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद सदस्य श्री बिनोद प्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए भने गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद सदस्य हंशराज ढकाल, एनआरएन एनसीसी कतारका कोषाध्यक्ष भेषराज पराजुली, मोरंगसुनसरी सेवा समाज कतारका अध्यक्ष योगेन्द्र कार्की, सस्थाका सल्लाहकारहरु चिरन्जिबी तिम्सिना, तेज कटुवाल आदि बिषेश अतिथि रहेका थिए भने दोहामा रहेका सामाजिक, बैचारिक र साहित्यिक सस्थाका अध्यक्ष तथा प्रतिनिधि एबं दोहामा रहेका बिभिन्न सस्थामा काम गरिरहेका सामाजिक अभियान्ताहरुको बाक्लो उपस्थितिरहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रममा विषेश अतिथि हंशराज ढकाल, भेषराज पराजुली, योगेन्द्र कार्की त्यस्तै अतिथिहरु केदार भुसाल, बिमल सुबेदी, कुमार कार्की, बिल गुरुङ, लेख कार्की आदिले भोजपुर सेवा समाजले सभ्य र सम्बृद्ध समाज स्थापना गर्न सहयोग गर्ने बताए । सस्थाले उत्पादन गरेका बिभिन्न व्यक्तिहरु दोहाका बिभिन्न संघ सस्थामा आबद्ध भएको समेत बताए । रोजगारीको लागी पलाएन भएका यौटा जिल्ला बासीहरुलाई यसरि एकीकृत गरी कार्यक्रम गर्नु अत्यन्त चुनौती पूर्ण रहेको बताउदै निबर्तमान कार्स्मितिलाई बधाई ज्ञापन दिएका थिए ।

त्यस्तै भोजपुर सेवा समाज कतारको स्थापना कालदेखी अहोरात्र सहयोग गर्ने सस्थाका सल्लाहकार चिरन्जिबी तिम्सिना र तेज कटुवाललाई दोसल्ला ओडाएर र सम्मान पत्रले सम्मान गरेको थियो भने सस्थामा हरेक क्षेत्रबाट सहयोग गर्नेलाई कदरपत्र र प्रसंशा पत्रले सम्मान गरेको थियो । त्यसै गरी प्रमुख अतिथि भट्टराईले भोजपुर सेवा समाज कतारले सामाजिक कार्य संगै बिभिन्न संघ सस्थाहरु संग पनि हातेमालो गर्दै अघि बढेको जानकारी दिए भने यति ठुलो मात्रमा सहभागी बनाई साधारण सभा तथा बनभोज गर्ने निबर्तमान कार्य समितिलाई हार्दिक बधाई दिदै आउने कार्स्मितिलाई शुभकामना समेत दिए । सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति जय कुमार राइले सम्पूर्ण अतिथि एबं सहभागीलाई धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए । उक्त कार्यक्रमलाई कार्यक्रम संयोजक दिलीप पराजुलीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend