logo
  • शनिबार, असोज १० २०८३

सुन्दरताले भरिपूर्ण पाल्पाको श्रीनगर जाने हैन त घुम्न ?


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण बिसी,तानसेन पाल्पा चैत्र १२।
पाल्पाको सदरमुकाम तानसेनको शिरमा अवस्थित श्रीनगर डाँडा घुमफिर र पिकनिकका लागी उत्कृष्ट गन्तब्य हो । श्रीनगर डाँडा हरियाली स्वच्छ हावापानी तथा मनोरम प्राकृतिक सुन्दरताका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ । यहा बिदाको दिन पिकनिक खाने घुमफिर गर्नेको भिडनै लाग्छ । सल्लाघारीको सिरसिरे हावा,प्राकृतिक सौन्र्दयता,हिमालका मनोरम दृश्यवालोकन,र श्रीनगरमा निर्माण भएको ९ तले भ्यु टावरबाट तराई पहाड हिमालको दृश्य मजाले हेर्न सकिन्छ ।

श्रीनगर तानसेनको शिरमा रहेकाले यहाबाट प्राकृतिक सौन्र्दयताको खुलेरै मजा लिन सकिन्छ । श्रीनगरको डाडामा निर्माण भएको ३२ मिटर अग्लो ९ तले भ्युटावर यहाको प्रमुख आर्कषण हो भने सुन्दर बगैचा,एकान्त बाताबरणले पनि सबैको मन लोभ्याउछ । भ्यु टावरबाट तानसेन बजार,माडीफाट,तराईका समथर भुभाग र बिभिन्न हिमश्रृखंलाले जो कोहीलाई पनि आनन्दित बनाउछ । मौसम सफा हुदा यहाबाट माछापुच्छ«े,धवालागिरी,अन्नपुर्ण लगाएत हिमालका सेतै टल्केका हिमश्रृखंलाहरु सजिलै अवलोकन गर्न सकिन्छ ।

बालबालिका खेल्नका लागी चिल्ड्रेन पार्क पनि रहेको छ । हनुमान मुर्ति,बौद्ध स्तुप लगाएत अन्य हेर्न लायक अन्य संरचना पनि रहेका छन । श्रीनगरमा नयाबर्षको दिन मानिसहरुको भिडभाड हुने गरेको छ । फागुन र चैतमा श्रीनगर डाडा लालिगँुरासले राताम्य हुने गरेको छ ।बिदाको दिन श्रीनगरमा पिकनिक खानेको भिड लाग्ने गरेको छ । पाल्पा सदरमुकाम तानसेन सगैं ग्रामिण क्षेत्र र छिमेकी जिल्लाहरुबाट समेत श्रीनगरमा पिकनिकका लागी आउने गरेका छन । पिकनिक खाना आउनेहरुका लागी ठेकेदारले टयांकरबाट भएपनि पानीको राम्रो प्रबन्ध गरेका छन ।

चाहिएको खण्डमा भाडाकुडा पनि उपलब्ध पनि गराउने गरिएको छ । बिदाको दिन घुमफिरमात्र नभई पिकनिक खानेहरुको धेरै भिड लाग्ने गर्दछ । बिदामा बिभिन्न समुह,बिद्यालयहरुको पिकनीकको कार्यक्रम भएको देख्न सकिन्छ । यसकारण श्रीनगरलाई धेरैले पिकनिक स्पटका रुपमा लिने गरेका छन । श्रीनगरमा बिशेष गरि तन्नेरी पुस्ताको आर्कषणको केन्द पनि मानिन्छ । बिदाका दिन सयौ जोडीहरु माया साटासाट गर्न र पारिबारिक रुपमा समय ब्यातित गर्नका निम्ती यहा आउने गर्छन । मनोरमा र एकान्तमय बाताबरणका कारण युवायुवतीको रोजाईमा श्रीनगर पर्ने गरेको छ ।

पछिल्लो समयमा श्रीनगरले धेरै कलाकर्मीको ध्यान खिच्न सफल भएको छ । यहा थुप्रै राष्ट्रिय स्तरका राष्ट्रिय चलचित्र तथा म्युजिक भिडीयो छायाँकंन गरिएका छन । पाल्पामा छायँकंन हुने चलचित्र र म्युजिक भिडीयाका लागी निर्माणपक्षले श्रीनगरलाई प्रमुख गन्तब्य बनाउने गरेको चलचित्र पत्रकार सुशिल नेपालले बताए । श्रीनगर सहित पाल्पाका बिभिन्न स्थानमा थुप्रै नेपाली चलचित्रहरु छायाँकन भएका छन । ख्यातिप्राप्त राष्ट्रिय कलाकार र र्निमाता निर्देशकलले पनि पाल्पालाई सुटिङ स्पटका रुपमा लिने गरेका छन ।

हालैमात्र श्रीनगरको सौन्र्दयकरणमा १ करोड भन्दा बढी खर्च गरिएको छ । बिश्व बैकंको आर्थिक सहयोगमा तानसेन नगरपालिकाले श्रीनगरको सौन्र्दयकरण गरेको हो । चिल्ड्रेन पार्क,पिकनिक सेड,मेटल बेञ्च,लगाएतका संरचना निर्माण भएको तानसेन नगररपालिकाका योजना तथा प्रशासकिय अधिकृत बिष्णु पौडेल बताउछन । बिश्व बैकंको ९० प्रतिशत आर्थिक सहयोग र तानसेन नगरपालिकाको १० प्रतिशत गरि १ करोड १६ लाख ८० हजारमा सम्झौता भएपनि १ करोड १७ लाख बराबरको खर्चमा श्रीनगरको सौन्र्दयकरण गरिएको नगरपालिकाका ईन्जिनियर थलेश पुर्वे बताउछन ।

गुरुयोजनानै बनाएर श्रीनगरको बिकास गरी बढी भन्दा बढी पर्यटक भित्राउने यहाका सम्बन्धित निकायको योजनाका कुरा भाषणमा मात्रै सिमीत बनेको छ । श्रीनगरको बिकासमा एकिकृत योजना नबन्दा सोचेअनुरुप बिकास हुन नसकेको कतिपयको भनाई छ । प्राकृतिक रुपमा सुन्दर रहेको श्रीनगरमा जथाभावी भौतिक पुर्वाधार बन्दा पनि श्रीनगरको सुन्दरता कम हुदै गएको स्थानियहरुले गुनसो गर्दै आएका छन ।

श्रीनगर तानसेनको शिरमा रहेको छ । श्रीनगरसम्म भाडाका सवारी साधन नचलेपनि बस,जिप,भ्यान मोटरसाईकल लगाएत सबैखाले सवारीसाधनमा सजिलै पुग्न सकिन्छ । सवारीमा तानसेन तम्घास सडकखण्डको बतासेडाडा कटेपछि दाया बाटो कैलाशनगर हुदै श्रीनगर पुग्न सकिन्छ । बसपार्कबाट श्रीनगर जाने अन्य भित्री सडकपनि रहेका छन । श्रीनगरमा सवारी पार्किङको राम्रो ब्यवस्था रहेको छ । पैदलयात्रु भने तानसेन बसपार्कबाट आधिघण्टाको उकाले चढेपछि श्रीनगर डाडामा पुग्न सक्छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend