logo
  • शुक्रबार, असोज ९ २०८३

जल्पामा खेलकुद  तथा साँस्कृतिक महोत्सब हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुवास विश्वकर्मा,पाल्पा चैत्र १२।
नव वर्ष २०७४ सालको अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सव हुने भएको छ । स्थानीय स्तरमा हराउँदै गएका लोक, कलासंस्कृतिलाई संरक्षण गर्ने र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले जल्पा वडा कार्यालयको सहयोग, जल्पा युवा तथा खेलकुद मञ्च र जनसेवा युवा समुह जल्पाको संयुक्त आयोजनामा महोत्सव हुने भएको हो ।

बैशाख १ गतेदेखि ३ गतेसम्म हुने महोत्सवमा स्थानीय घाटु, मारुनी, कौरा, सालैजो, झाम्रे नाच, भजन कृर्तन, मगरी भेषभुषा कला संस्कृति प्रर्दशन र महिला पुरुष भलिवल तथा तेक्वाण्डोका खेल प्रर्दशन गरिने जल्पा युवा तथा खेलकुद मंचका अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । आयोजक समितिले उपसमिति बनाएर महोत्सवको तयारी तीब्र पारेको छ ।

विष्णु सारुको संयोजकत्वमा साँस्कृतिक तथा स्वयमसेवक समिति, लेखकुमार सारुको संयोजकत्वमा खेलकुद समिति, डोलबहादुर विकको संयोजकत्वमा प्रचारप्रसार समिति बनाएर तयारीलाई अगाडि बढाएको सारुले जानकारी दिनुभयो । यसैबीच खुल्ला भलिवल खेल प्रतियोगीता समेत रहने छ । खुल्ला पुरुष भलिवल खेलमा प्रथम पुरस्कार २२ हजार, दोस्रो १५ हजार र तेस्रो पुरस्कार १० हजार रहने र समुह दर्ता शुल्क २ हजार राखिएको खेल संयोजक लेखकुमार सारुले जानकारी दिनुभयो । महोत्सवको निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend